रुपा गुरुङ/१ जेठ,हेटौडा । मकवानपुरको मनहरि गाउपालिका वडा नं १ का माओवादी केन्द्रतर्फका वडा अध्यक्षका उम्मेदवार रिहा भएका छन् ।
चुनावको अघिल्लो दिन नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले वडा अध्यक्षका उम्मेदवार रामकुमार उप्रेतीलाई नियन्त्रणमा लिएका थिए ।
सोमबार हेटौडमा पत्रकार सम्मेलन गरेर उप्रेतीलाई परिवारको जिम्मा लगाइएको मकवानपुर इन्चार्ज ज्वाला र सेक्रेटरी अनुरागले विज्ञप्ति जारी गरेर जनाएका छन् । चुनाव खारेजी अभियानको क्रममा उम्मेदवार उप्रेतीलाई नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख छ ।
नेकपाले स्थानीय निर्वाचनका क्रममा विभिन्न जिल्लामा भएको झडपका क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्न तथा दोषीउपर कारबाहीको माग गरेको छ । साथै झडपका क्रममा घाइते भएकाहरुले उपचारको माग पनि गरेको छ । अाफ्ना पार्टीका नेता-कार्यकर्तालाई रिहाई गर्न समेत माग गरेको गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline