हाल सम्मको मतगणनाको नतिजा:कुन पार्टीका उम्मेदवार कति स्थानमा बिजयी भए ?

हाल सम्मको मतगणनाको नतिजा:कुन पार्टीका उम्मेदवार कति स्थानमा बिजयी भए ?

  • सोमवार, जेष्ठ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ ,१ जेठ ।

प्रदेश नम्बर ३,४ र ६ का ३४ जिल्लाका दुई सय ८१ स्थानीय तहमा पहिलो चरणमा आइतवार भएको मतदानको मतगणना शुरु भएको छ । मतगणनाको प्रारम्भिक नतिजा आउन थालेका छन् । निर्वाचन आयोगले घोषणा गरेको नतिजामा विजय प्राप्त गरेका र अग्रस्थानमा रहेका स्थानीय तह विवरण यस्तो छ ।

काँग्रेसले उठाएका उम्मेदवार र बिजय प्राप्त गरेका स्थान
काँग्रेसका एक सय ५२ जना गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार मध्ये एउटा गाउँपालिकामा बिजय प्राप्त गरेको छ भने एउटा गाउँ पालिकामा अग्रता हासिल गरेको छ । काँग्रेसका एक सय ५१ स्थानमा उठाएका उम्मेदवार मधये एक स्थानमा अग्रता प्राप्त गरेको छ । काँग्रेसका ९० जना मेयर पदका उम्मेदवार मध्ये एक स्थानमा अग्रता र एक स्थानमा दोस्रो स्थानमा रहेका छन् । काँग्रेसका ८६ जना उपमेयरका उम्मेदवार मध्ये एक स्थानमा अग्रता प्राप्त गरेका छन् ।
काँग्रेसका दुई हजार तीन सय १० जना वडा अध्यक्षका उम्मेदवार मध्ये १७ स्थानमा बिजय प्राप्त गरेका छन भने एक स्थानमा अग्रता र एक स्थानमा दोस्रो स्थान प्राप्त गरेका छन ।
काँग्रेसका चार हजार पाँच सय ७८ जना सदस्य मध्य ३३ स्थानमा बिजय प्राप्त गरेका छन भने एक स्थानमा अग्रता र एक स्थानमा दोस्रो स्थानमा रहेका छन । काँग्रेसका दुई हजार दुई सय ९० जना महिला सदस्य मध्ये २० स्थानमा बिजय प्राप्त गरेका छन भने एक स्थानमा अग्रता हासिल गरेका छन । काँग्रेसका दुई हजार ९८ जना दलित महिला सदस्य मध्ये २२ जनाले बिजय प्राप्त गरेका छन ।

एमालेले उठाएका उम्मेदवार र बिजय प्राप्त गरेका स्थान
एमालेले उम्मेदवार उठाएका एक सय ५३ गाउँपालिकाका उम्मेदवार मध्ये कुनैमा पनि अग्रता हासिल गरेको निर्वाचन आयोगको विवरणमा उल्लेख छैन । एमालेले एक सय ५२ वटा गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार उठाएको छ । एमालेले उठाएका ९० जना मेयरका उम्मेदवार मध्ये एक नगरपालिकामा अग्रता हासिल गरेका छन भने एक स्थानमा दोस्रो स्थानमा रहेका छन । एमालेले ८२ जना उपमेयर का उम्मेदवार उठाएको छ । एमालेले उठाएका दुई हजार दुई सय ५४ जना वडा अध्यक्ष मध्ये तीन जना वडा अध्यक्षले बिजय प्राप्त गरेका छन् । एमालेका एक वडा अध्यक्ष अग्रस्थानमा र एक स्थानमा दोस्रो स्थानमा रहेका छन । एमालेले उठाएका चार हजार चार सय ४३ सदस्यका उम्मेदवार मध्ये नौ स्थानमा बिजय प्राप्त गरेका छन् । एमालेले उठाएका दुई हजार दुई सय ४० जना महिला सदस्य मध्ये आठ जना बिजयी भएका छन । एक स्थानमा एमालेका अग्रस्थानमा देखिएका छन भने एक स्थानमा दोस्रो स्थानमा रहेका छन । एमालेले उठाएका दुईहजार ९२ दलित महिला सदस्य मध्य २४ स्थानमा बिजयी प्राप्त गरेका छन । एक स्थानमा अग्रस्थानमा रहेका छन ।

माओवादी केन्द्रले उठाएका उम्मेदवार र बिजय प्राप्त गरेका स्थान
नेकपा माओवादी केन्द्रले उठाएका एक सय ३९ वटा गाउँपालिकाका उम्मेदवार उठाएको मध्ये एक स्थानमा दोस्रो स्थानमा देखिएको छ । माओवादी केन्द्रले उठाएका एक सय ३७ वटा गाउँपालिकाका उपाध्यक्षका उम्मेदवार मध्ये एक स्थानमा दोस्रो स्थानमा देखिएका छन् ।
माओवादी केन्द्रले ७६ वटा नगरपालिकामा मेयर पदका उम्मेदवार उठाएको छ । माओवादीले ८६ वटा नगरपालिकामा उपमेयर उठाएका मध्ये दुई स्थानमा दोस्रो स्थान प्राप्त गरेको छ । माओवादी केन्द्रले उठाएका दुई हजार ८२ जना वडा अध्यक्ष मधये एक जनाले विजय प्राप्त गरेका छन । माओवादी केन्द्रले उठाएका चार हजार ७९ जना सदस्य मध्ये दुई स्थानमा बिजय प्राप्त गरेका छन । त्यसैगरी माओवादी केन्द्रले उठाएका दुई हजार आठ महिला सदस्यका उम्मेदवार मध्ये एक स्थानमा बिजय प्राप्त गरेका छन भने एक स्थानमा दोस्रो स्थानमा देखिएका छन । माओवादी केन्द्रले उठाएका एक हजार आठ सय ५१ जना दलित महिला सदस्य मध्ये १२ स्थानमा बिजय प्राप्त गरेका छन भने एक स्थानमा दोस्रो स्थान प्राप्त गरेका छन।
राप्रपाले उठाएका उम्मेदवार र बिजय प्राप्त गरेका स्थान
राष्ट्रिय प्रजातन्त्र पार्टीले एक सय नौ गाउँपालिकामा अध्यक्षको र ९० वटा गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार उठाएको छ । राप्रपाले ८० वटा नगरपालिकामा मेयरका उम्मेदवार उठाएको छ भने उप्रमुख पदमा ७९ जना उम्मेदवार उठाएको छ । राप्रपाले एक हजार दुई सय ७१ जना वडा अध्यक्षका उम्मेदवार उठाएको छ । राप्रपाले उठाएका दुई हजार आठ जना वडा सदस्यका उम्मेदवार मध्ये एक स्थानमा बिजय प्राप्त गरेका छन ।-अन्नपुर्ण पोष्ट बाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ