काठमाण्डौ ,१ जेठ ।
प्राध्यापक तथा रेडियो कान्तिपुरकका कार्यक्रम सन्चालक जनार्दन घिमिरेको निधन भएको छ ।
विहानी कार्यक्रम धार्मिक अनुष्ठानका संचालक घिमिरेको राजधानीको महाराजगञ्जस्थित मनमोहन कार्डियो सेन्टरमा उपचारका क्रममा निधन भएको हो ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक समेत रहेका संस्कृत भाषाका ज्ञाता घिमिरले पछिल्लो समय दोलखामा संस्कृत ग्राम निर्माण गर्ने अभियानको नेतृत्व गर्नुभएको थियो ।
घिमिरे स्थानीय तह निर्वाचनमा मतदानका लागि गृहजिल्ला दोलखा जानेक्रममा सिन्धुपाल्चोकको खाडीचौरस्थित तिनकिलो भन्ने स्थानमा गत विहिबार दुर्घटनामा पर्नुभएको थियो ।
सोही दुर्घटनामा परि उहाँका बुबा ७६ वर्षिय मुक्तीनाथ घिमिरेको घटनास्थलमै र आमा रत्नकुमारीको उपचारका क्रममा निधन भएको थियो । उहाँका श्रीमती र २ छोराहरु छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline