१ जेठ,पोखरा ।
पोखरा कास्कीको मादी गाउँपालिकाको एउटा वडामा नेकपा एमालेको पूरै प्यानल नै विजयी भएको छ ।
मादी गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा एमाले उम्मेदवार सुरजकुमार गुरुङले नेपाली काँग्रेसका उम्मेदवारलाई हराउँदै विजयी भएका हुन् । गुरुङले ६ सय २६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवीजंग गुरुङले ५ सय मत प्राप्त गरे ।
अन्य सदस्यहरुमा एमालेका महिला सदस्य खासमाया गुरुङ, दलित महिला सदस्य रुपा सार्की र खुल्ला सदस्यमा टिकाराम गुरुङ र भीमराज गुरुङसहित प्यानल विजयी भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline