उम्मेदवार भन्दा मतपत्र ठुलो , अप्रासङ्गिक निर्वाचन चिह्नहरुले भद्धा : जियोक

उम्मेदवार भन्दा मतपत्र ठुलो , अप्रासङ्गिक निर्वाचन चिह्नहरुले भद्धा : जियोक

  • सोमवार, जेष्ठ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, १ जेठ ।

आम निर्वाचन पर्यवेक्षण समिति (जियोक)ले स्थानीय तहको पहिलो चरणको निर्वाचन केही स्थानमा भएका छिटफुट घटनाबाहेक शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको

जियोकले प्रेस विज्ञप्तिमार्फत प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै प्रदेश नं ३, ४ र ६ का ३४ वटा जिल्लामा भएको पहिलो चरणको निर्वाचनमा शान्पिुर्ण रुपमा सम्पन्न भएको जनाएको हो ।

चौतीस जिल्लाका २८३ स्थानीय तहको निर्वाचनमा छ हजार ६४२ मतदान केन्द्रको व्यवस्था गरिएको थियो । निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीले समन्वयका साथ जिम्मेवारी निर्वाह गरेको पनि उक्त संस्थाले जनाएको छ ।

चुनाव प्रसारप्रसारका क्रममा चारदिन अघि दोलखामा कुलबहादुर तामाङ र मतदानको दिन मेजुङ गाउँपालिकाको शक्तिश्वर मावि मतदान केन्द्रमा नकुल भुजेलको मृत्युको घटनालाई उक्त संस्थाले दुःखद संयोकका रुपमा रहेको बताएको छ ।

केही स्थानमा आचारसंहिता उलङ्घनका सङ्केत देखिएको भन्दै संस्थाले उम्मेदवारको सङ्ख्याको तुलनामा मतपत्र अत्यधिक ठूलो भएको र उम्मेदवारबाहेकको अप्रासङ्गिक निर्वाचन चिह्नहरु समेत समावेश गरिएकोले मतपत्र नै भद्दा रहेको संस्थाका अध्यक्ष हिमालय शम्शेर राणाले बताउनु भएके छ ।

जियोकले राष्ट्रिय, जिल्ला, नगर र गाउँपालिकाका २९० गरी पर्यवेक्षक खटाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ