मनाङ,१ जेठ ।
मनाङको चामे गाउँपालिकामा एमालेका लोकेन्द्रबहादुर घले निर्वाचित भएका छन् ।प्रतिद्धन्द्धी कांग्रेसकी अनिता लामालाई ४१ मत अन्तरले हराउँदै एमालेका घले विजयी भएका हुन् ।
मतगणना आइतबार राती सकिएपनि निर्वाचन अधिकृतको कार्यालयले भने औपचारिक घोषणा गरेको छैन । घलेले २१४ मत पाए भने लामाले १७३ मत प्राप्त गरिन् ।
उपाध्यक्षमा कांग्रेसका मुनिन्दजंग गुरुङ विजयी भएका छन् । उनले १६९ मत प्राप्त गरे भने एमालेकी टिकनदेवी गुरुङले १६० मत प्राप्त गरिन् ।
कूल ५११ मतदाता रहेको चामे गाउँपालिकामा ३९६ मत खसेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline