कालिकोट भीडन्तका घाइते बटालाको मृत्यु , स्थानिय आक्रोशित

कालिकोट भीडन्तका घाइते बटालाको मृत्यु , स्थानिय आक्रोशित

अर्का एकको अवस्था गम्भीर

  • सोमवार, जेष्ठ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

१ जेठ,काठमाडौं ।

कालिकाेट नरहरिनाथ गाउँपालिका माल्कोटमा आइतबार मतदान केन्द्र कब्जा गर्ने क्रममा सुरक्षाकर्मीको गोली लागि घाइते भएका ४५ वर्षीय धनरुप बटालाको मृत्यु भएको छ ।

माल्कोटस्थित नन्दादेवी मावी सेरापाटा मतदान केन्द्रमा मतपेटीका र मतपत्र खोसेर जलाउने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर बटाला गम्भीर घाइते भएका थिए । थप उपचारको अभावमा उनको मृत्यु भएको जनाएको छ ।

उपचारका लागि घाइतेहरुलाई हिजै काठमाडौं ल्याउन लागिएकोमा हेलिकोप्टर अवतरण गर्न चुनावका पक्षधरले अवरोध पुर्याएपछि अस्प्ताल लैजानबाट बञ्चित भएको स्थानीयले बताए । सोनरहरिनाथ गाउँपालिकाकै ३० वर्षका दानबहादार बटालाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मृतक बटाला सोही गाउँपालिका वडा ६ का वासिन्दा हुन् । उनी नेपाल कम्युनिस्ट पार्टीले चलाइरहेको चुनाव खारेजी अभियानका क्रममा माल्कोटको नन्दादेवी मावी सेरापाटामा राखिएका मतपेटीका खोसेर जलाउने क्रममा सुरक्षाकर्मीले पेटमा गोली हानेका थिए ।

सोही गाउँपालिकाकै ३० वर्षका दानबहादार बटालाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अर्का स्थानीय ३२ वर्षीय कुलबहादुर बटाला र ४५ वर्षीय व्यासी बिकलाई पनि गोली लागेको छ । अन्य ६ जनालाई पनि साधारण चोट लागेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीले देशभर दुई वटा सत्ता चलिरहेको बेला सरकारको एकतर्फी चुनावको खारेजी अभियान चलाइरहेको छ । उसले देशमा आफ्नो पार्टीको नेतृत्वमा जनसत्ता र जनसंविधान जारी रहेको भन्दै संसदवादी दलहरुले चलाउने चुनावलाई खारेज गरिएको जनाएको छ ।

सरकारले आगामी जेठ ३१ गते बाँकी क्षेत्रमा गर्ने भनिएको दोस्रो चरणको स्थानीय चुनाव जबर्जस्त गर्न खोजे प्रतिरोध गर्ने नेपाल कम्युनिस्ट पार्टीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ