कम्युनिष्ट पाटीर्ले गर्याे कालिकोटमा कब्जा गरिएका सुरक्षाकर्मी र कर्मचारी मुक्त , हतियार पनि फिर्ता गर्याे

कम्युनिष्ट पाटीर्ले गर्याे कालिकोटमा कब्जा गरिएका सुरक्षाकर्मी र कर्मचारी मुक्त , हतियार पनि फिर्ता गर्याे

  • सोमवार, जेष्ठ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कालिकोटको नरहरिनाथ गाउँपालिकाको मालकोट मतदान केन्द्रबाट करिब तीन घण्टाअगाडि कब्जामा लिएको कर्मचारी र सुरक्षाकर्मीलाई आधा घण्टाअगाडि सकुशल मुक्त गरेको छ ।

प्राप्त समाचार अनुसार नेकपाका नेता तथा कार्यकर्ताले सयौं स्थानीय जनताको उपस्थितिमा मतकेन्द्रमा खटिएका कर्मचारी, हतियारधारी सेना, प्रहरीलाई कब्जामा लिएको थियो । घटनापछि नेकपाले माल्कोटलाई थवाङको विस्तारित आधार क्षेत्रको रुपमा व्याख्या गरेको छ ।
उनीहरुलाई कब्जामा लिनुअघि केही समय दोहोरो झडप भएको र त्यसमा ८ नेता, कार्यकर्ता र स्थानीय गरी दर्जनौं घाइते भएको बताएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको नेकपा कालिकोटले जनाएको छ ।

जनताको बलमा गरिएको चुनाव खारेजी कार्यक्रममा सेनाले आत्मसमर्पण गरेका थिए । जनपथ प्रहरीले भने एसएलआर बन्दुक छाडेर भागेको र अहिलेसम्म सम्पर्कमा नआएको स्थानीयले बताए । छाडिएका बन्ुदकको संख्या यकिन हुन सकेको छैन ।

प्राप्त समाचार अनुसार जनताको सत्ता चलिरहेको क्षेत्रमा पार्टीको नीतिविपरीत सरकारले जबर्जस्त चनुाव गराउन खोजेको भन्दै निर्वाचनमा खटिएका सबैलाई कब्जा लिएको हो ।

समाचार अनुसार सेनाले भने जनतासँग मिलेर जाने बताएपछि गम्भीर मानवीय क्षति हुन नपाएको र त्यहाँका वातावरण सौहर्द बन्दै गएको थियो । सरकारको निर्णय अनुसार एक मतदान केन्द्रमा सशस्त्र र जनपथलाई ४ देखि ६ थानसम्म एसएलआर जिम्मा दिने उल्लेख छ । उतिनै संख्यामा सेना रहने प्रबन्ध छ । माल्कोट विकट क्षेत्रमा पर्दछ ।

उनीहरुलाई दलाल संसदीय व्यवस्था लाद्ने कुनैपनि चुनाव र जनताका विरुद्धमा हुने दलाल सत्ताको अभियानमा सहभागी नहुने गरी मुक्त गरिएको बताएका छन् । अहिले नेकपा कालिकोटका सेक्रेटरी समर छन् ।

अहिल्यै सुरक्षाकर्मीको हतियार लिने पार्टीको नीति नरहेको र राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षाका लागि देशभक्त जनतासँग मिलेर जाने पक्षलाई एकतावद्ध बनाएर लैजाने नीति रहेको नेकपा कालिकोटले प्रस्ट पारेको छ । कब्जा गरिएका सुरक्षाकर्मीको हतियार उसैलाई फिर्ता गरेको नेकपा कालीकोटले जानकारी दिएको छ ।

स्थानीय तहको चुनावलाई खारेज गर्न नेकपाले तीन महिने जनजागरण तथा प्रतिोध अभियान जारी राखेको बेला माल्कोट घटना भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ