कलाकार विक्रम परियारको हत्या

कलाकार विक्रम परियारको हत्या

  • सोमवार, जेष्ठ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

काठमाडौं । नेपाली रंगमञ्चमा सक्रिय कलाकार विक्रम परियारको  हत्या भएको छ। स्थानीय तह पहिलो चरणको निर्वाचनमा मतदान गर्न तनँहू ब्यास पुगेका उनको अज्ञात समूहको आक्रमणमा मृत्यु भएको हो।

ब्यास वडा नंम्बर १ मा परियारमाथि आक्रमण भएको प्रहरीले जनाएको छ।

‘स्थानीय तह पहिलो चरणको निर्वाचन सकिएको केही पछि तनँहू व्यास वडा नंम्बर १ मा अज्ञात समूहको आक्रमणबाट कलाकार परियारको मृत्यु भएको छ। उनीसँग रहेका अन्य १ व्यक्ति भने गम्भीर घाइते छन्’, तनँहू व्यासका सई मनोज पाण्डेले नागरिकन्युजसँग भने।

कलाकार परियार एक्टर्स स्टुडियो नेपालसँग आवद्ध थिए। पछिल्लो समय उनी गायनतर्फ पनि लागेका थिए।

उनी निर्वाचनमा मतदान गर्न शनिबार मात्रै दमौली पुगेका थिए। तनँहू व्यास १ को जलदेवी माध्यमिक विद्यालय मतदान केन्द्रबाट उनले मतदान गरेका थिए।

हत्या किन र कसले गर्‍यो भन्ने खुल्न सकेको छैन।  घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ