बर्दियाको खैरीचन्दनपुरको वडा कार्यलयमा आगजनि

बर्दियाको खैरीचन्दनपुरको वडा कार्यलयमा आगजनि

  • आइतवार, बैशाख ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

बर्दिया, वैशाख ३१ ।
बर्दियाको राजापुर नगरपालिका १० खैरीचन्दनपुर वडा कार्यालयमा आगजनी भएको छ ।
मोटरसाइकलमा आएको अज्ञात समुहले शनिबार राति साढे १० बजेतिर नगरपालिकाको वडा नम्बर १० को कार्यालय खैरीचन्दनपुरमा आगजनी गरेको राजापुर नगरपालिकाले जनाएको छ ।
कार्यालयको ताला तोडेर भित्र पसी कार्यालयका महत्वपूर्ण कागजात जलाएको वडा कार्यालयका सचिव धुब्रराज पौडेलले बताउनुभयो । कार्यालयको ढोका फोडेर भित्र पसी कागजपत्र जलाएको उहाँको भनाई छ ।
आगजनीबाट वडा कार्यालयको प्रशासन फाँटमा रहेका केही महत्वपूर्ण कागजपत्र जलेको ईलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ ।
आगजनी भए लगत्तै प्रहरी पुगेर रातभरि सुरक्षा प्रदान गर्नुका साथै आगजनीमा संलग्नहरुको खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ । आगजनी भएको देखेपछि स्थानीय बासिन्दाले आगो निभाएका हुन् । किन आगो लगाईयो भन्ने यकिन नभएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ