राष्ट्रपतिबाट वनस्पति उद्यानमा वृक्षरोपण

राष्ट्रपतिबाट वनस्पति उद्यानमा वृक्षरोपण

  • आइतवार, बैशाख ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ ३१ वैशाख । श्रीलङ्काको औपचारिक भ्रमणका सिलसिलामा कोलम्बोमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले आज क्यान्डीस्थित राष्ट्रिय वनस्पति उद्यानमा वृक्षरोपण गर्नुभयो ।

विविध प्रकारका वनस्पति रहेको उक्त उद्यानमा राष्ट्रपति भण्डारीले करतुसको बिरुवा रोप्नुभएको हो । सो अवसरमा उहाँले उद्यानको अवलोकन पनि गर्नुभयो ।

राष्ट्रपति भण्डारीले त्यहाँस्थित अर्किड गार्डेनमा राखिएको आगुन्तक पुस्तिकामा हस्ताक्षर गर्नुभयो । उहाँले दुईवटा बिरुवाको नामकरण पनि गर्नुभएको थियो ।

कोलम्बोबाट राष्ट्रपति भण्डारी श्रीलङ्काको वायु सेनाको हेलिकप्टरबाट क्यान्डीमा अपराह्न आइपुग्नुभएको हो ।

यस उद्यानमा नेपालका तत्कालीन राजा महेन्द्र शाह र वीरेन्द्र शाहले रोपेको बिरुवाहरु पनि छन् । राष्ट्रपति भण्डारीका साथ भ्रमणदलमा रहनुभएका सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी र राष्ट्रपति कार्यालयका वैदेशिक मामिलाविज्ञ डा मदनकुमार भट्टराई पनि हुनुहन्थ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ