कञ्चनपुर, बैशाख ३१ ।
कन्चनपुरको झोलुंगेपुलनजिक महाकाली नदीमा डुबेर शनिबार बेपत्ता भएका तीनजना युवा अझै फेला पर्न सकेका छैनन । बेपत्ता हुनेमा भीमदत्तनगर–१४ बस्ने अन्दाजी १५ वर्ष उमेर समूहका कपिल खाती, दीपेश कुँवर र राहुल उपाध्याय छन् ।
नदीमा नुहाउन भनी उनीहरुसँगै गएका अर्का एकजना भने बाँच्न सफल भएका छन् । बेपत्ता भएकाहरुको आजपनि खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीका इन्चार्ज वीरदत्त पन्तले जानकारी दिनुभयो ।
उनीहरुको खोजी कार्यमा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानिय बासिन्दा खटिएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline