नुवाकोटको मतदान केन्द्रमा बम विस्फोट , एक पक्राउ

नुवाकोटको मतदान केन्द्रमा बम विस्फोट , एक पक्राउ

  • आइतवार, बैशाख ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

नुवाकोट ,३१ बैशाख ।

नुवाकोटको पूर्वी क्षेत्रमा रहेको वेलकोटगढी नगरपालिको वडा नम्बर ४ ढाडाखर्कस्थित मतदान केन्द नजिकै आज बम विष्फोट भएको छ ।

सदरमुकाम विदुरदेखि २३ किलोमिटर पूर्वमा रहेको वेलकोटगढी नगरपालिका ढाडाखर्कको पन्चासे मावि मतदान केन्द्र नजिकै आज मध्यान्ह बम विष्फोट भएको नुवाकोट प्रहरीले जनाएको छ।

बम विष्फोटमा संलग्न रहेको आशंकामा स्थानीय २२ वर्षीय तीर्थराम तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिनुभयो ।

तामाङ नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आशंकामा अनुसन्धान भइरहेको छ । विष्फोट भएको बम सकेट भएको स्थानीयवासीले जनाएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ