दोलखा झुलेमा काग्रेस र एमाले कार्यकर्ताबीच झडपहुँदा ६ घाईते , मुगु मतदान केन्द्रमा पनि झडप

दोलखा झुलेमा काग्रेस र एमाले कार्यकर्ताबीच झडपहुँदा ६ घाईते , मुगु मतदान केन्द्रमा पनि झडप

  • आइतवार, बैशाख ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

दोलखा ,३१ बैशाख ।

दोलखाको तामाकोशी गाउँपालिका झुलेमा मतदानका क्रमममा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये अच्युत कार्कीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

झुलेको अमर उच्च मावि केन्द्रमा मतदान भइरहेको समयमा नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको दोलखाका सहयाक प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिनुभयो ।

घाइते सबैजनालाई थप उपचारको लागि जिल्ला अस्पताल चरिकोट लगिएको छ । यस्तै विवादका कारण विगु गाउँपालिकाको थम्पु मावि आलम्पुमा रोकिएको मतदान प्रक्रिया पुनः सुरु भएको बोहराले बताउनु भयो ।

उता मुगुको खत्याड गाउँपालिका–८ को सरस्वति प्राविमा मतदान भइरहेका बेला झडप भएको छ । मतदाता परिचयपत्र नल्याएका व्यक्तिले जबर्जस्ती मतदान गर्न खोज्दा झडप भएको जनाइएको छ ।

झडप लगत्तै स्थानिय बासिन्दाले ढुंगामुढा प्रहार गरेपछि प्रहरीले ५ राउण्ड हवाई फायर गरेको छ । हवाइ फायर भएपछि मतदान केहीबेर प्रभावित भएपनि अहिले मतदान फेरि सुरु भएको प्रहरी सहायक निरीक्षक चेतबहादुर खत्रीले जानकारी दिनुभयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ