भक्तपुर, वैशाख ३१।
भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा मेयरका उम्मेदवार रहेका मदनसुन्दर श्रेष्ठको घरको आँगनमा सकेट बम फेला परेको छ ।
नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार श्रेष्ठको गठ्ठाघर स्थित घर अगाडि कालो झोलाले बेरेर खतरा भनेर लेखेर राखेको अबस्थामा सकेट बम भेटिएको हो ।
नेपाली सेनाको टोलीले बमल डिस्पोज गरेको महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीयाले जानकारी दिनुभयो ।
आफ्नो घरको आँगनमै बम भेटिनु अराजक र निर्वाचन विथोल्ने षडयन्त्र भएको प्रतिक्रिया दिदै श्रेष्ठले यस्ता घटनाबाट विचलित नभई शान्तिपूर्ण रुपमा मतदानमा सहभागी हुन मतदातालाई आव्हान गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline