काभ्रे, वैशाख ३१ ।
काभ्रेको नमोबुद्ध नगरपालिका ४, मेथीनकोटमा गोली प्रहारबाट माओवादी कार्यकर्ता नवराज पाठकको मृत्यु भएपछि अझै मतदान सुरु हुन सकेको छैन । गोली हान्नेलाई कारबाहीको माग गर्दै मतदाता मतदानमा सहभागी नभएका हुन् । उनीहरुले घटनाको निष्पक्ष रुपमा छानविन गर्न माग गरेका छन् ।
निर्वाचन अधिकृतले मतदानमा सहभागी हुन आग्रह गरिरहेपनि उनीहरुले सहभागिता जनाएका छैनन् । यस्तै काभ्रेको धुलिखेल नगरपालिका वडानम्बर १२ मा पनि आज मतदान भएको छैन ।
चार दिन अघि राप्रपाका वडा सदस्यका उम्मेदवार शुकबहादुर तामाङको निधन भएपछि त्यहाँ मतदान रोकिएको हो । त्यहाँ जेठ ३ गतेका लागि चुनाव तोकिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline