राप्रपा अध्यक्ष थापा र गृहराज्यमन्त्री बानियाँद्वारा मतदान

राप्रपा अध्यक्ष थापा र गृहराज्यमन्त्री बानियाँद्वारा मतदान

  • आइतवार, बैशाख ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

हेटाँैडा, ३१ वैशाख । राष्ट्यि प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हेटौँडा उपमहानगरपालिका वडा नं ५, पिप्लेस्थित बाल ज्योति माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

आज बिहान ७ बजेर ४० मिनेट जाँदा उहाँले मतदान गर्नुभयो । मतदानपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै नयाँ संविधानले संरचना गरेको स्थानीय तहको निर्वाचनमा आफूले पनि २० वर्षपछि मतदान गर्न पाएकामा हर्ष व्यक्त गर्दै मतदाताले पनि राष्ट्रको स्थायी शान्ति र प्रजातन्त्र सुदृढीकरणका लागि मतदानमा भाग लिनुपर्ने धारणा राख्नुभयो ।

यसैबीच गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडा उपमहानगरपालिका वडा नं १८ दोभानचौरमा रहेको कमला निम्नमाध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा आज बिहान मतदान गर्नुभएको छ ।

जिल्लामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भइरहेको मकवानपुरका मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ