आज अनुमति बेगरका सवारी सञ्चालनमा रोक,एयरपोर्टसम्म बस सञ्चालन हुने (रुट सहित )

आज अनुमति बेगरका सवारी सञ्चालनमा रोक,एयरपोर्टसम्म बस सञ्चालन हुने (रुट सहित )

  • आइतवार, बैशाख ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौँ, ३१ वैशाख ।

स्थानीय तह निर्वाचनको मतदानको दिन निर्वाचनको दिन अनुमतिपत्र नलिएका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म निर्वाचन आयोगबाट सवारी सञ्चालनको अनुमति लिएका सवारीसम्म मात्र सञ्चालन हुने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक मधुसूदन सिलवालले दिनुभयो ।

सुरक्षाकर्मी, सूचना विभागबाट अनुमति पत्र लिएका तथा पर्यटक सुरक्षाकर्मीका सवारी साधन भने सञ्चालनमा आउने छ ।

विदेशबाट आएका पर्यटकहरूका लागि त्रिभुवन विमानस्थलबाट तीनवटा बेग्लाबेग्लै रुटमा सवारी साधन सञ्चालन गरिने भएको छ ।

एयरपोर्टसम्म बस सञ्चालन हुने

आइतबार सार्वजनिक र निजी सवारी साधन नचल्ने भएपछि सर्वसाधारण यात्रु र पर्यटकको समस्यालाई ध्यानमा राखी नेपाल प्रहरी र नेपाल पर्यटन बोर्डले एयरपोर्टसम्म बस सञ्चालनमा ल्याउने भएको छ । सवारी साधनमा बिहान ५ बजेदखि बेलुका ७ बजेसम्मका लागि रोक लगाइएको छ ।

जसमा रुट नम्बर १ अन्तर्गत एयरपोर्ट–गौशाला–सिफल–कालोपुल– भगवतीबहाल–दरबारमार्ग–न्युरोड–होटल अन्नपूर्ण–होटल याक एण्ड यति– ठमेल चोक– लैनचौर– होटल शंकर– हात्तिसार कमलपोखरी– रातोपुल गौशाला हुँदै एयरपोर्टसम्म सञ्चालन हुनेछ ।

त्यस्तै, रुट नम्बर २ अन्तर्गत एयरपोर्ट– गौशाला– सिफल– कालोपुल– भगवतीबहाल–दरबारमार्ग–होटल रेडिसन– होटल सांग्रिला– टिचिङ– नारायणगोपाल चोक– होटल हायात रिजेन्सी– चाबहिल चोक– होटल द्धारिका हुँदै एयरपोर्ट सम्म बस सञ्चालित हुनेछ ।

रुट नम्बर ३ अन्तर्गत एयरपोर्ट–तीनकुने चोक– होटल एभरेष्ट– माइतीघर मण्डला– होटल हिमालय– सेन्ट जेभियर स्कुल–त्रिपुरेश्वर– होटल सोल्टी– होटल ग्राण्ड हुदै एयरपोर्ट सम्मका बस सञ्चालन हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ