मिर्मिरे सम्बाददता /सुनसरी , ३० बैशाख ।
सुनसरीको बराहा ८ बाट शुक्रवार साझ धरानका खड्ग कुमारी राई र सुरज राई लाई प्रहरीले गिरफ्तार गर्यो । बराहा नगरपालिका ८ भरौलबाट उनीहरुलाई साँझ गिरफ्तार गरि त्काल महेन्द्रनगर प्रहरी कार्यालयमा पुर्यायो । त्यहाँबाट राति नै सुनसरी जिल्ला प्रहरी कार्यलय ईनरुवा ल्याईएको छ ।
हाल उनीहरुलाई ईनरुवामा नै राखिएको जिप्रका ईनरुवाका डिएसपि प्रविण धितालले जानकारी गराए । राई दम्पति सँगै नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी युगेन राई सहितको टिम पनि पक्राउ पर्यो । उनीहरु सबैलाई बराहा ८ बाटै पक्राउ गरिएको डिएसपि धितालले बताए ।
उनीहरु पक्राउ पर्नेबित्तीकै नेपाल कम्युनिष्ट पार्टीका जिल्ला ईन्चार्ज प्रज्वल श्रेष्ठले विज्ञप्ती निकालेर तत्काल रिह गर्न माग गरे । उनले विज्ञप्तीमा लेखेका छन् , “शान्तिपुर्ण गतिबिधि गर्दै गर्दा प्रहरीले हाम्रा नेता कार्यकर्ता पक्राउ गरेकोमा घोर आपती जनाउदै तत्काल रिहा गर्न माग गर्दछौ । साथिहरु बसिरहेको अवस्थामा पक्राउ गरिएको छ यस्तो कार्य तत्काल बन्द गरियोस् ।”
आमाबाबु पक्राउ परेपछि ढेड बर्षिया छोरी गिर्सिका राईको बिचल्ली भएपछि छिमेकीको शरणमा राखिएको जानकारी मिर्मिरेसँग आएपछि हामिले यस घटनाको बारेमा थप बुझ्ने प्रयास गरेका थियौ ।
सोहि क्रममा घटनाबारे मिर्मिरेले जानकारी लिन खोज्दा सुनसरीका सिडियो गोपाल पराजुलीले त्यसबारे आफुलाई जानकारी नभएको बताए । पक्राउ परेको नै जानकारी छैन त भन्ने जिज्ञाशामा पराजुलिले भने , “ म जान्दिन , यो बारेमा मलाई थाहा हुदैन , प्रहरीलाई सोध्नुस् । मलाई सोध्ने हैन । ”
पक्राउ परेको त दुई दिन भयो रे नि भनेपछि उनले जवाफ दिए आज शनिवार पर्यो , भोली औपचारीक जानकारी आउछ होला । त्यसपछि मात्रै मलाई थाहा हुन्छ अहिले मैले केहि भन्न मिल्दैन ।
त्यसपछि हामिले जिल्ला प्रहरी कार्यलय सुनसरीका एसपि पोषराज पोखरेलसँग कुरा गर्यो । उनले अहिले अनुसन्धानकै क्रममा भएकाले आफुले यसबारे जानकारी दिन नमिल्ने बताए । उनले भने ,योबारे प्रवत्तालाई सोध्नुस् मैले अहिले केहि बोल्न मिल्दैन ।
मिर्मिरेले पुन प्रवत्ता डिएसपि धितालसँग सम्पर्क गर्यो , उनले पक्राउ परेका सबैलाई जिप्रकामा नै राखिएको र उनीहरुले निर्वाचन बिरोधि गतिबिधि गरेको कारण पक्राउ गरिएको जानकारी दिए ।
धितालले भने , बराहा ८ मा उनीहरु बैठक बसिरहेको अबस्थामा पक्राउ परेका हुन् । उनीहरुको साथबाट निर्वाचन खारेजी सम्बन्धी पर्चाहरु भेटिएका छन् । निर्वाचनको बिरुद्ध गतिबिधि गर्ने योजना बनाउन खोजीएकोले पक्राउ गरिएको हो ।
धरानस्थीत डेरामा बिहान छोरी छोडेर हिडेका सुरज र खड्गकुमारी भोलीपल्ट सम्म नफर्किएपछि खोजी गर्दा पक्राउ परेको थाहा पाएको छिमेकी कला राईले बताईन् ।
उनले छोरीले रातभरी आमा बाबु खोजीन् , बिहान समाचार आएपछि पक्राउ परेको थाहा भएको भन्दै छोरीको बिजोग भएकोले आमालाई भेट्न लगेको तर सम्भव नभएको बताईन् ।
छिमेरी कला राईसँग गिर्सिका । फोटो : ध्यानु नेवार
उनले भनिन् नानि लगेर गको थिए , भित्र कहा भेट्ने कल्लाई भन्ने केहि थाहा भएन ,बाहिर सोधेको के कारणले पक्राउ पर्या भनेर सोध । किन पक्राउ पर्या मलाई थाहा भएन , बरु फर्कछु भनेर आए ।
उनले छोरी हेर्ने कोहि परिवारमा नभएकोले आफुहरुले राखिदिएको तर आमाबाबु खोजेर दुख दिने गरेकोले गाह«ो भएको बताईन् ।
घटनाबारे थप अनुसन्धान भईरहेकाले हालसम्म उनीहरुलाई हिरासतमा राखेर सोधपुछ भईरहेको र भोली आईतवार सार्वजनिक अपराध सम्बन्ध मुद्धा दायर गर्ने तयारी भएको प्रहरीले जनाइृएको छ ।

