एमाले कार्यकर्ताले लखेटेपछि गगन थापाको चेतावनीः मलाई कपनबाट कसैले लखेट्न सक्दैन

एमाले कार्यकर्ताले लखेटेपछि गगन थापाको चेतावनीः मलाई कपनबाट कसैले लखेट्न सक्दैन

  • शनिबार, बैशाख ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

बैशाख ३० काठमाडौं ।

नेपाली कांग्रेसका नेता एवं स्वास्थ्यमन्त्री गगन थापाले कपन घटनाबारे स्पष्टीकरण दिँदै आफूलाई सो क्षेत्रबाट कसैले लखेट्न नसक्ने बताउनु भएको छ ।

कपनबाट लखेटियो भन्ने प्रचार गलत भएको भन्दै उहाले आफू फेरि कपन जाने बताउनु भयो ।

साथै आफ्ना कार्यकर्तालाई उत्तेजनामा नआउन आग्रह गर्दै उहाँले आचार संहिता उल्लंघन नगरेको बताउनु भएको छ ।

फेसबुक लाइभमार्फत स्पष्टीकरण दिँदै कांग्रेस नेता थापाले मामाघर गएर फर्किने क्रममा पार्टीका स्थानीय कार्यकर्तासँग छलफल गरेको बताउनु भएको छ । उहाले आफुले मतदातासँग मत नमागेको तथा पार्टीका स्थानीय साथीहरुसँग छलफल मात्र गरेको बताउनु भएको छ ।

छलफलबाट बाहिर निस्कनासाथ एमालेका नेता, कार्यकर्ताले आफ्नो गाडीलाई घेर्दै नाराबाजी गरेको उहाले बताउनु भयो । वादविवाद गर्दा अप्रिय स्थिति होला भन्ने लागेर आफू त्यहाँबाट हिँडेको तर, त्यसक्रममा मोटरसाइकलले पछ्याउनेदेखि गाडीमा ढुंगा हान्ने काम भउको उहाले बताउनु भयो ।

यसलाई कमजोरी ठानेर कपनबाट लखेटियो भन्ने प्रचार गरिएको भन्दै थापाले आपत्ति जनाए ।

निर्वाचन आचार संहिताले हिँडडुल गर्न र पार्टीका नेता कार्यकर्तासँग बन्द कोठामा छलफल गर्न नरोकेको भन्दै उहाले आफू कपनपछि जयबागेश्वरी, सुकेधारा लगायतका ठाउँमा गएर पार्टी कार्यकर्तासँग छलफल गरेको बताउनु भयो ।

आज बिहान निजी गाडी चढेर आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित जोरधारा पुग्नु भएका मन्त्री थापालाई स्थानीय एमाले कार्यकर्ताले आचार संहिता उलंघन गरेको भन्दै लखेटेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ