धादिङका ठाउँ ठाउँमा प्रेसर कुकर सहित शंकास्पद बस्तुहरु फेला,जनजीवन आतंकित

धादिङका ठाउँ ठाउँमा प्रेसर कुकर सहित शंकास्पद बस्तुहरु फेला,जनजीवन आतंकित

  • शनिबार, बैशाख ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

धादिङ, ३० बैशाख ।

स्थानीय तहको निर्वाचनमा मतदाताहरुमा त्रास फैलाउने उद्देश्यले धादिङका बिभिन्न स्थानमा प्रेसर कुकर सहित शंकास्पद बस्तुहरु फेला परेका छन ।

सिद्धालेक गाउँ पालिकाको कालिदह, थाक्रे गाउँ पालिकाको महादेवबेशी फुल र दशकिलो तथा गजुरी गाउँपालिकाको घाटबेशीमामा बम जस्तै शंकास्पद बस्तुहरु फेला परेपछि नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीको टोलीले त्यसलाई हटाएको छ ।

बम रहेको भन्ने जानकारी पाउने बित्तिकै नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको बम डिस्पोजल टोलीले त्यसलाई हटाएको जिल्ला प्रहरी कार्यलय धादिङका डिएसपी दिपेन्द्र पञ्जियारले जानकारी दिनुभयो ।

 सबै ठाउँको प्रेसर कुकरमा बम नभएपनि माटो र युरिया मल फेला परेको प्रहरीले जनाएको छ । अतंक फैलाउन बाटोमा प्रेसर कुकर राख्नेहरुको पहिचान नभएपनि स्थानीय निर्वाचनलाई भाड्नको लागि नेकपा माओवादी विप्लपका कार्यकर्ताहरुले राखेको हुनसक्ने प्रहरीले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ