मुगुको मतदान केन्द्र कम्युनिष्ट पार्टीको कब्जामा ,वडाध्यक्ष उम्मेदवारलाई पनि नियन्त्रणमा लियो

मुगुको मतदान केन्द्र कम्युनिष्ट पार्टीको कब्जामा ,वडाध्यक्ष उम्मेदवारलाई पनि नियन्त्रणमा लियो

  • शनिबार, बैशाख ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

मुगु , ३० बैशाख ।
नेपाल कम्युनिष्ट पार्टीले भेरी कर्णालीको मुगु जिल्लामा रहेको एक मतदान स्थल र मतदान सामग्री कब्जा गरेको छ ।

मुगुको राराछायानाथ नगरपालीका वडा नम्बर १२ शोबाको मतदान केन्द्रको सामग्री सहित पुरै मतदान केन्द्र कब्जा गरेको नेकपाका एक नेताले जनाएका छन् । उनका अनुसार प्रहरीको हतियार भने त्यहि छाडिदिएको जनाईएको छ ।

बिहान पौने ११ बजे स्थानीय कार्यकर्ताले मतपेटिका, मतपत्र, स्वात्विक छापलगायत सम्पूर्ण मतदान सामाग्री कब्जा गरेको जिल्ला निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकारी राजीमान बुढाले जानकारी दिनुभयो।

पाँच जना कर्मचारी, चार जना प्रहरी र सात जना म्यादी प्रहरी कार्यस्थलमै भएपनि खाना खाँदै गर्दा सम्पूर्ण सामाग्री कब्जा गरेको हो । निर्वाचन अधिकारी बुढाले उक्त क्षेत्रमा नेपानी सेनाका जम्दारको कमान्डमा नौं जना, सशस्त्र प्रहरीको सहायक निरीक्षकको कमान्डमा १५ जना सुरक्षाकर्मी पठाइएको छ ।

घटनाबारे बुझ्दा जिल्ला प्रहरी कार्यलय मुगुका डिएसपि सारदा प्रसाद चौधरीले मतदान केन्द्रमा तोडफोड समेत भएको जनाएका छन् ।

उनले भने , नेपाल प्रहरी सहितको टोली मतदान केन्द्रको सुरक्षामा खटिए पनि सुरक्षा  गर्न नसकिएको बताए ।

यता हेटौडाको मनहरि गाउँपालिका—१ हाँडीखोलामा नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्ष उम्मेदवार रामकुमार उप्रेतीलाई नेकपाले आज बिहानै नियन्त्रणमा लिएको छ ।

उप्रेतीको परिवार र गाउँलेका अनुसार उप्रेतीलाई नेकपाले नियन्त्रणमा लिएको हो । यतिबेला उप्रेतीको खोजीका लागि हेटौँडाबाट प्रहरी निरीक्षक मधु थापाको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आफ्ना विभिन्न सङ्गठनमा आबद्ध व्यक्तिलाई कुनै अपराधजन्य क्रियाकलाप नगरे पनि प्रहरी प्रशासनले नियन्त्रणमा लिएको जनाउँदै नेकपाले पनि उम्मेदवार उप्रेतीलाई नियन्त्रणमा लिएको बताइएकोे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ