बन्दका क्रममा पोखराबाट दुई जना पक्राउ, मतदान केन्द्र नजिक बम विष्फोट

बन्दका क्रममा पोखराबाट दुई जना पक्राउ, मतदान केन्द्र नजिक बम विष्फोट

  • शनिबार, बैशाख ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

ओम हमाल/ पोखरा, ३० बैशाख । नेपाल बन्दको सिलसिलामा पोखराबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता पक्राउ परेका छन् ।

पोखराको लेकसाइडस्थित एक होटलबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

हाल वडा प्रहरी कार्यालय बैदामको हिरासतमा रहेका कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुमा पूर्णबहादुर राउत “पीबि” र टीकाराम घिमिरे रहेका छन् ।

यसअघि गएराती करीब ९ बजेको समयमा पोखराको लेकसाइड नजिकै रहेको तालबाराही मावि मतदान केन्द्र नजीक सतली बम विष्फोट भएको थियो ।

ठूलो आवाजमा विष्फोट भएपनि खासै क्षति नभएको प्रहरीको भनाई छ । नेपाल बन्दकाकारण आज पोखरामा सार्वजनिक सवारी साधन, उद्योगधन्दा पसलहरु केही चलेका छैनन् भने छिटफुट मोटरसाइकलहरु चलेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ