काठमाडौं,३० बैशाख । सरकारले काठमाडौँ उपत्यकाका १४२ मतदान केन्द्रलाई संवेदनशील सूचीमा राखेको छ ।
सुरक्षाका दृष्टिकोणले संवेदनशीलको सूचीमा राखेर सामान्यभन्दा थप सुरक्षाकर्मी खटाइएको छ । काठमाडौं जिल्लामा ३ सय २० मतदान केन्द्र छन् जसमध्ये १ सय ७८ लाई सामान्यमा राखिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीलाई प्रमुख सुरक्षा चुनौती मानेर गृहमन्त्रालयले सुरक्षा व्यवस्था मिलाएको छ । एउटा सुरक्षा केन्द्रमा २४ जना सुरक्षाकर्मीलाई खटाइएको छ ।
संवेदनशील मतदान केन्द्रमा प्रहरी नायब निरीक्षक (सइ) तथा सामान्य मतदान केन्द्रमा सहायक प्रहरी निरीक्षक (असइ) को नेतृत्वमा प्रहरी खटाइएको छ । सइ र असइको कमान्डमा हरेक मतदान केन्द्रमा म्यादीसहित न्यूनतम १२ प्रहरी खटिने प्रहरीले जनाएको छ ।
चुनावी सुरक्षाका लागि गृह मन्त्रालयले २४ सै घन्टा हेलिकोप्टर तयारी अवस्थामा राखेको छ ।
–