ईपीएल फुटबलको उपाधि चेल्सीको पोल्टामा

ईपीएल फुटबलको उपाधि चेल्सीको पोल्टामा

  • शनिबार, बैशाख ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, बैशाख ३० ।
गएराति भएको इङ्गलिस प्रिमियर लिगअन्तर्गत भएको खेलमा वेष्ट ब्रोमलाई १ विरुद्ध शून्य गोलले पराजित गर्दै दुई खेल बाँकी हुँदै चेल्सीले उपाधि आफ्नो हातमा पार्न सफल भएको छ ।

चेल्सीलाई जित हात पार्न मिसी बात्सुईले खेलको अन्तिममा आएर गरेको गोल नै निर्णायक गोल साबित बनेको हो । अवे मैदानमा भएको खेलमा चेल्सी पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थियो ।

दोश्रो हाफमा पनि गोल गर्न निकै संघर्ष गर्नु परेको थियो । तर, सबस्टिच्युडको रूपमा मैदान आएका बात्सुईले ८२ औँ मिनेटमा गोल गर्दै चेल्सीलाई उपाधि दिलाएका हुन् । चेल्सीले पछिल्लो तीन सिजनमा दोश्रो पटक लिगको उपाधि जितेको हो । उसले सन् २०१४ र ०१५ को सिजनमा पनि उपाधि जितेको थियो ।

गएको सिजन खराब प्रदर्शन गरेको चेल्सीले यो सिजन भने सुरुवातदेखि नै राम्रो प्रदर्शन गर्दै आएको थियो । लिगका दुई खेल बाँकी हुँदै उपाधि जितेको चेल्सीको ८७ अंक भएको छ भने दोश्रो स्थानमा रहेको टोटनह्यामको तीन खेल बाँकी हुँदा ७७ अंक रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी