भक्तपुर, बैशाख २९ ।
परीक्षा नियन्त्रण कार्यलयका परीक्षा नियन्त्रक डम्बर कुमार बतासले असार १ गते देखि हुने भनिएको कक्षा ११ को परीक्षा सर्न सक्ने संभावना रहेको जानकारी दिएको छ ।
परीक्षा संचालन हुने विद्यालयमा मतदान केन्द्र तोकिएकोले त्यस विद्यालयमा मतगणना गर्नु पर्ने भन्दै परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सर्ने संभावना रहेको जनाएको हो ।
निर्वाचन आयोगले बैशाख ३१ गते स्थानीय तहको निर्वाचनका लागि मिति तय गरेको थियो । यसलाई आधार मानी परीक्षा नियन्त्रण कार्यालयले परीक्षा तालिका प्रकाशित गरिएको भएपनि पछि सरकारले दुई चरणमा निर्वाचन गर्ने निर्णय भएकाले परीक्षा प्रभावित हुने भएको छ ।
दोश्रो चरणको निर्वाचन जेठ ३१ गते प्रदेश नम्बर १, २ , ५ र ७ नम्बरका लागि मिति तोकिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline