काठमाडौं, बैशाख २९ ।
प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष नेपाल प्रज्ञा–प्रतिष्ठानले आज आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिवेदन प्रस्तुत गरेका हुन् । सोही अवसरमा प्रधानमन्त्री दाहालले प्रतिष्ठानका लागि आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मुलुक सङ्घीय संरचनामा अगाडि बढिरहेको सन्दर्भमा प्रतिष्ठानको पुनःसंरचनाबारे नीति, योजना, कार्यक्रम बनाएर अगाडि बढ्ने बताएका छन् भने अपुग बजेटको व्यवस्था गर्न पनि आग्रह गरेका छन् । प्रधानमन्त्री सो प्रतिष्ठानका प्रमुख संरक्षक हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline