राप्रपा नेताको घर अगाडि सिलिण्डर बम विस्फोट

राप्रपा नेताको घर अगाडि सिलिण्डर बम विस्फोट

  • शुक्रबार, बैशाख २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

भक्तपुर, बैशाख २९ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा अज्ञात समूहले आज बिहान सिलिण्डर बम विस्फोट गराएको छ ।

दुवाकोटको काठमाडौं मेडिकल कलेजनजिकै राप्रपाका नेता माधव खत्रीको घरअगाडि बिहान करिब ३ बजे ठूलो आवाज आउने गरी सिलिण्डर बम विस्फोट भएको खत्रीले जानकारी दिएका छन् ।

बम विस्फोट हुँदा खत्रीको घरका आठवटा झ्यालको सिसा र पुष्प प्रधानाङ्गको घरको चार वटा झ्यालको सिसा फुटेको महानगरीय प्रहरी वृत्त, थिमिले जानकारी दिएको छ ।

प्रहरीले अनुसन्धान सुरु गरी घटनामा संलग्नको खोजी कार्य भईरहेको प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिएका छन् ।

यसअघि बुधबार राति १२ बजे लोकन्थलीमा पनि सिलिण्डर बम विस्फोट गराउने तयारी गरेको खबर पाएपछि नेपाली सेनाको टोलीले निष्क्रिय पारेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ