बैदेशिक रोजगारमा जानेहरूका लागि नेपाल सरकारको अत्यन्त जरुरी सूचना

बैदेशिक रोजगारमा जानेहरूका लागि नेपाल सरकारको अत्यन्त जरुरी सूचना

  • बिहिबार, बैशाख २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

काठमाडौं, बैशाख २८ ।
बैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाई नेपाली कामदारहरूलाई वैदेशिक रोजगारीमा पठाउने सन्दर्भमा श्रम स्वीकृतिका लागि पेश गरिने कागजात प्रमाणहरू सत्य र तथ्यमा आधारित नभएको अवस्थामा वैदेशिक रोजगारीमा जाने कामदारहरू करार बमोजिम काम, सुविधा नपाई मर्का पर्ने, विदेशी भूमिमा पिडित बन्नु पर्ने, स्वदेश फर्कन कठिनाई हुने, कतिपय अवस्थामा जेल सजाय समेत भोग्नुपर्ने र ज्यान समेत गुमाउनु पर्ने हुन सक्छ । यसर्थ बैदेशिक रोजगारमा जाने व्यक्तिहरूले निम्न विषयहरूमा विशेष ध्यान पुर्याइ, यकिन गरि श्रम स्वीकृति लिएर वैधानिक रूपमा मात्र बैदेशिक रोजगारमा जान सम्बन्धित सबै सरोकारवालाहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

१. बैदेशिक रोजगारमा जानका लागि कानुनी प्रकृया पु¥याई व्यक्तिगत र संस्थागत गरि २ किसिमले बैदेशिक रोजगार विभागअन्तर्गत ताहाचलस्थित कार्यालयहरूबाट श्रम स्वीकृति प्राप्त गर्न सकिन्छ । संस्थागत रूपमा बैदेशिक रोजगारमा कामदार पठाउने कार्य बैदेशिक रोजगार व्यवसाय संचालन गर्न इजाजतपत्र लिई नियमित रूपमा नविकरण भएका इजाजतपत्रवाला संस्थाहरू (म्यानपावर कम्पनी)ले गर्दछन् । तपाईले सम्पर्क गरेको संस्था बैदेशिक रोजगार विभागबाट इजाजत लिएको म्यानपावर कम्पनी हो की होइन र उक्त म्यानपावरको काम कारवाही रोक्का भएको छ छैन तथा खारेजीमा परेको छ छैन बुझ्नु होस् । व्यक्तिगत प्रयासबाट भिषा प्राप्त गरी वैदेशिक रोजगारमा जाने व्यक्तिले नेपाली दूतावास प्रमाणित सक्कल कागजात सहित स्यवं उपस्थित भई श्रम स्वीकृति लिन सक्नु हुनेछ ।

२. बैदेशिक रोजगारमा जांदा कुन काममा जाने, सोको लागि कति खर्च लाग्छ, काम गरेबापत तलव, खाना र बस्ने व्यवस्था, काम गर्नु पर्ने घण्टा, ओभरटाइम काम भत्ता, करार अवधि आदि बारेमा राम्ररी जानकारी लिनुहोस् । देश, कम्पनी, काम गर्ने पद र पेशा, तलवभत्ता, अन्य सुविधा र सेवाशर्तहरूबारे चित्त बुझेमा मात्र राजिखुसी साथ सम्झौतापत्रमा सही गर्नुहोस सो को १ प्रति आफूसँग राख्नुहोला । विमानस्थलमा फरक फरक सम्झौता गरेका कागज साथमा राखेको पाइएकोले एउटै कम्पनीसँगमात्र सम्झौता गर्नुहोस् दोहोरो सम्झौतापत्र नगर्नुहोस ठगिनु हुन्छ ।

३. बैदेशिक रोजगारमा जांदा कुन संस्थाबाट वा को मार्फत जाने हो त्यसको बारेमा यथेष्ठ जानकारी राख्नुहोस् । दलाल मार्फत् वा त्यस्तै व्यक्तिबाट जाने प्रयत्न नगर्नुहोस् ठगिने र विदेशमा अलपत्र पर्ने प्रवल सम्भावना रहन्छ । कन्सल्टेन्सी फर्म, ट्राभल एजेन्सी, मनी ट्रान्सफर चेन्जर, दलाल, एजेन्ट, कुनै पनि संस्थालाई बैदेशिक रोजगारमा पठाउने अधिकार प्राप्त छैन । यी कसैलाई पनि रकम नदिनुहोस् ठगिने धेरै सम्भावना हुन्छ ।

४. आफ्नो नाममा भिषा प्राप्त भई बैदेशिक रोजगारमा जाने निश्चित भएपछि म्यानपावर कम्पनीको बैंक खातामा वा प्रधान कार्यालयमा मात्र रकम बुझाउनु होला साथै बुझाएको रकमको भर्पाई अनिवार्य रूपमा लिनुहोला । पूर्व स्वीकृतिअनुसारको विज्ञापनमा उल्लेख भएको भन्दा बढी रकम कसैलाई नदिनुहोला ।

५. इजाजत प्राप्त म्यानपावर कम्पनीले बिदेश पठाउन पासपोर्ट माग गरेमा कुन देशमा कुन कामका लागि कति अवधि भित्र पठाउने र कति लागतमा पठाउने हो र एकीन गरी भर्पाई लिएर मात्र सक्कल पासपोर्ट बुझाउनु होला ।

६. जान चाहेको देशको बारेमा राम्रो जानकारी राख्नुहोस् । त्यो देशको भाषा संस्कृति, रहन सहन, चालचलन, रिति रिवाज र कानूनको बारेमा आवश्यक जानकारी राख्नुहोस् ।

७. आफू काम गर्न जाने मुलुकमा रहेको नेपाली दूतावासको सम्पर्क ठेगाना, अन्य कामदारलाई सघाउने र सहयोग गर्ने संघसंस्थाहरूको फोन र फ्याक्स नं. डायरीमा टिप्नुहोस् । अथवा जानेको मानिससँग लेख्न लगाउनुहोस् ।

८. सूचिकृत स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षण गराई तोकिएको होलोग्राम भएको स्वास्थ्य परिक्षण प्रमाण पत्र लिनुहोस् ।

९. सरकारले तोकेको बीमा कम्पनीमा गई करार अवधि अनुसार कम्तीमा रु ५ लाखको जीवन बीमा गराउनुहोस् ।

१०. कल्याणकारी कोषमा रु १,०००।— बुझाई रसिद लिनुहोस् । सो रकम नतिरी श्रम स्वीकृति पाइदैन ।

११. विदेश जानु अघि स्वीकृत अभिमुखिकरण संस्थामा गई अनिवार्य रूपमा २ दिनको अभिमुखिकरण तालिम तालिम तथा जाने मुलुकको श्रम कानून सम्बन्धी जानकारी लिनुहोस् । सो अभिमुखिकरण तालिमबाट आफु जाने देशको भौगोलिक अवस्था, हावापानी, ट्राफिक नियम, श्रम सम्बन्धी सामान्य कानुनी प्रावधान लगायतका विषयमा पर्याप्त जानकारी प्राप्त हुनेछ ।

१२. वैदेशिक रोजगारीमा जान लागेका नेपाली नागरिकहरुले विदेश प्रस्थान गर्नु अगाडि आफुले प्राप्त गरेका रोजगार सम्बद्ध कागजातहरूको प्रतिलिपिहरू एक एक थान आफ्नो घरमा सुरक्षित साथ राख्ने र आफ्नो साथमा लिएर जानपर्ने कागजातहरू रुजुगरि लिई जाने ताकी अध्यागमनको प्रस्थान कक्षमा वा विदेशमा पुगेर समस्या झेल्नु नपरोस् ।

१३. कामको लागि विदेश जाँदा नेपालकै एयरपोर्ट प्रयोग गर्नुहोला अन्यथा ठगिने सम्भावना हुन्छ । श्रम स्वीकृतिको निस्सा प्राप्त नहुँदै हवाई टिकट खरीद नगर्नु होला । अन्य देशको बिभिन्न बाटो प्रयोग गरी रोजगारीका लागि विदेश नजानुहोस् । यदि कसैले तपाईलाई ललाईफकाई लैजाँदै छ भने स्थानीय प्रहरीलाई खबर गर्नुहोस् ।

१४. लुकीछिपी जाँदा कानूनी कार्बाही हुने, अलपत्र पर्ने, दुर्घटना हुने, सम्झौता बमोजिम काम नपाउने, उद्धार गर्न कठिन हुने र कल्याणकारी कोष, बीमा कम्पनीबाट प्राप्त हुने सेवा सुविधा प्राप्त नहुने हुँदा विशेष ध्यान पु¥याउनुहोस् ।

१५. बैदेशिक रोजगारमा हुने ठगी र अन्य सूचना लिन र दिन हटलाइन फोन नं. ९७७–०१–४११२३५० को टेलीफोन लाइनको व्यवस्था गरिएकोले कुनै गुनासो वा जानकारी भए फोन गर्नुहोस् । साथै बैदेशिक रोजगार प्रवर्द्वन बोर्डको टोल फ्रि नं. १६६००१५०००५ मा पनि आफ्नो समस्या राख्न सकिन्छ ।
१६. पहिलेको श्रम स्वीकृति म्याद नाघेको वा नयाँ देश वा कम्पनीमा बैदेशिक रोजगारमा पुन जाँदा अनिवार्यरूपले पुन स्श्रम स्वीकृति (नविकरण) लिनुहोस् । करार अवधि सकिएपछि पनि स्वीकृति वेगर, गैरकानूनी तरीकाबाट भिषाको म्याद भन्दा बढी समय नबस्नुहोस् अन्यथा सम्बन्धित देशको कानून अनुसार कार्बाही हुनसक्छ । आफ्नो राहदानीको म्याद समयमा नै नविकरण गर्नुहोस् ।

१७. कुनै पनि व्यक्तिले बैदेशिक रोजगारीमा पठाईदिन्छु भनी रकम मागेमा तुरुन्त नजिकको स्थानीय प्रशासन, प्रहरी, बैदेशिक रोजगार विभागमा सूचना दिनुहोस् ।

१८. बैदेशिक रोजगारीका लागि विभिन्न पत्रपत्रिकामा प्रकाशित हुने सूचनाको आधिकारिकता बुझ्न परेमा बैदेशिक रोजगार विभाग वा वैदेशिक रोजगार प्रवर्द्वन बोर्डमा सम्पर्क गर्नुहोस् वा पत्रपत्रिकामा प्रकाशित विज्ञापनमा उल्लेखित Lot Number  टाइप गरि ३४००१ मा SMS गरि आधिकारिकता बुझ्नु होस । (उदाहरणको लागि Lt No: 45678 छ भने ति <space>45678 टाईप गरि ३४००१ मा sms गर्नुहोस् ।

१९. बैदेशिक रोजगारमा जाँदा HIV/AIDS तथा यौनजन्य सरुवा रोगको बारेमा सचेत हुनुहोला ।

२०. बैदेशिक रोजगारमा विदेशमा रहँदा अनावश्यक रूपमा हड्ताल र अशान्ती नगर्नुहोस् ।

२१. म्यानपावर कम्पनीको नाम ठेगाना परिवर्तन भएको कारणले सम्पर्क गर्न नसकिए विभागमा सम्पर्क गर्नुहोला ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी