मतदाता शिक्षा प्रभावकारी नहुँदा मत बदर हुने चिन्ता

मतदाता शिक्षा प्रभावकारी नहुँदा मत बदर हुने चिन्ता

  • बिहिबार, बैशाख २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

जुम्ला, बैशाख २८ ।
बैशाख ३१ गते हुने पहिलो स्थानीय निर्वाचनको लागि मतदाता शिक्षा प्रभावकारी नहुँदा अधिकतम मत बदर हुने चिन्ता भएको छ ।

बुधबार ‘मानवअधिकार र निर्वाचन’ विषयक अन्तरक्रियामा मतदानको तरिका प्रस्ट नभएको राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय जुम्लाले जनाएको छ ।

उपक्षेत्रीय कार्यालय जुम्लाका निमित्त निर्देशक मानबहादर कार्कीले अनुगमनका क्रममा मतदाता शिक्षाअन्तर्गत मत कसरी हाल्ने भन्ने विषयमा खासै मतदातालाई जानकारी नभएको बताएका छन् ।

जिल्ला निर्वाचन कार्यालय जुम्लाले ८३ जना मतदाता शिक्षा कार्यकर्ता खटाए पनि अनुगमनमा जाँदा मतदाता सम्बन्धी जान्नुपर्ने कुरा नागरिकलाई सूचित नभएको पाइयो, यसले गर्दा मतपत्र बढी नै बदर हुने देखिन्छ, उनले भनेका छन् ।

उपक्षेत्रीय कार्यालय जुम्लाका नासु राजेन्द्र न्यौपानेले निर्वाचनको समयमा जुम्लाको मानव अधिकारस्थिति समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रमा कर्णालीको जुम्ला, कालीकोट र मुगुमा आयोगको टोलीले अनुगमन गरेको, उम्मेदवारी दर्तादेखि आजको दिनसम्म शान्तिपूर्ण अवस्था रहेको, न्यौपानेद्वारा प्रस्तुत कार्यपत्रमा उल्लेख गरिएको थियो । उनले आयोगले निर्वाचन पूर्व, निर्वाचनको समय र निर्वाचनपश्चात् विशेष अनुगमन गर्ने योजना बनाएको जानकारीसमेत दिएका छन् ।

अन्तरक्रिया कार्यक्रममा नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले नागरिकलाई मतदानसम्बन्धी शिक्षा व्यापक नगरिएको गुनासो गरेका छन् । उनले मतदाता शिक्षाका लागि प्रचार प्रसारमा लगानी कम भएको जनाएको छ ।

जुम्लाका पत्रकारले जिल्लामा सूचना दिनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले कन्जुस्याईं गरेको गुनासो गरेका छन् ।
उम्मेदवारी दर्ताको समयमा सूचना माग्दा पनि व्यस्त छौँ भन्ने, फोन नउठाउने तथा स्विच अफ गर्ने गरेको दुःखेसो उनीहरूको थियो ।

महिला विकास अधिकृत गोमा प्रसाईंले जिल्लामा मानव अधिकारको विषयमा लैङ्गिक समानताको सवाललाई मुख्य रूपमा ध्यान दिन आग्रह गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ