बनेपामा नेवार समुदायले मनाउने प्रसिद्ध चण्डेश्वरी जात्रा सुरु

बनेपामा नेवार समुदायले मनाउने प्रसिद्ध चण्डेश्वरी जात्रा सुरु

  • बुधबार, बैशाख २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

बनेपा, बैशाख २७ ।
बनेपामा नेवारी समुदायले मनाउने प्रसिद्ध चण्डेश्वरी जात्रा आजदेखि सुरु भएको छ । संस्कृतविद् ज्ञानकाजी मान्नधरले चण्डेश्वरीदेवी बनेपालीको आराध्यदेवी भएको उल्लेख गर्दै चण्डेश्वरीदेवीले दैत्यराज चण्डाशुरको बध गरेको खुसियालीमा चण्डेश्वरी जात्रा हुने गरेको बताएका छन् ।

वंशावलीअनुसार सत्य युगदेखि जात्रा हुने गरेको उल्लेख गर्दै उनले चण्डाशुर दैत्यको बध भएपछि देवलोकमा देवी चण्डेश्वरीको बाजागाजासहित जात्रा गरिएकाले सो जात्राको परम्परा सुरु भएको जानकारी दिए ।

संस्कृतविद् मानन्धरले नेपाल संम्वतको सुरुवातदेखि नै नेपालमा जात्राको सुरुवात भएको जानकारी दिँदै स्थानअनुसार फरक–फरक रूपमा काभ्रेपलाञ्चोक जिल्लामा जात्रा गर्ने प्रचलन रहेको बताए ।

जिल्लामा उग्रचण्डी नालामा भगवती महालक्ष्मीको, साँगामा नासिका भगवतीको, चौकोटमा श्वेत गणेशको, श्रीखण्डपुरमा श्वेत भैरबको र पनौतीमा इन्द्रेश्वरको जात्रा बर्सेनि हुने गरेको छ ।

साहित्यकार तथा काभ्रेपलाञ्चोकका अग्रज पत्रकार मोहन दुवालले चण्डेश्वरी मन्दिर लिच्छवीकालीन मन्दिर भएको उल्लेख गर्दै काठमाडौंको नरदेवी र बूढानीलकण्ठमा समेत चण्डेश्वरीको जात्रा हुने जानकारी दिए ।

जात्राको पहिलो दिन बनेपाको तीन धारामा रथको निर्माण गरिन्छ अनि रातिमा देवी चण्डेश्वरीको मूर्ति प्रतिस्थापित गरेर दोस्रो दिन बनेपा बजार घुमाएर चण्डेश्वरीको स्वागत गरिने दुवालले बताए ।

उक्त जात्राका लागि बनेपा नगरपालिकाले करिब रु. आठ लाख ८५ हजार खर्च हुने अनुमान गरेको र रु. १२ लाख जात्रालगायतका अन्य विभिन्न चाडपर्वमा खर्च हुने बनेपा नगरपालिकाका सूचना अधिकारी यज्ञबहादुर वैद्यले जानकारी दिएका छन् ।

बनेपा नगरपालिकाले छुट्याएको सो बजेट भीमसेन जात्रा, गाईजात्रा, चण्डेश्वरी माताको नित्य पूजा, जालदेउ जात्रा, मिलापूजा, पाश्चर्य पूजालगायत संस्कृति संरक्षणमा खर्च हुने उनले बताए । उक्त जात्रामा कङ्पुग बाजा, शाही बाजा विधि बाजाका रूपमा र सनही बाजा र धिमे बाजासमेत जात्रामा बजाइन्छ ।

उक्त जात्रामा कम्तीमा १४ वटा बली पूजासमेत गरिन्छ । नेवारी समुदायले जात्रा सम्पन्न गरेपछि आफन्तजनलाई आमन्त्रण गरेर भोज खुवाउने चलन रहेको छ । बैशाख शुक्लपूर्णिमा र भोलिपल्ट दुई दिनसम्म मनाइने जात्राको अघिल्लो दिन उहिलेका राजा महाराजले प्रयोगमा ल्याएका गर–गहना र सिक्काको पूजाआजा समेत गरिने प्रचलन रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ