विहारमा आज ‘अस्थी धातु’ प्रदर्शन

विहारमा आज ‘अस्थी धातु’ प्रदर्शन

  • बुधबार, बैशाख २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 30.2K
    SHARES

काठमाडौँ, २७ वैशाख । बुद्धजयन्ती मूल समारोह समितिले २५६१ औँ बुद्धजयन्तीको उपलक्ष्यमा आनन्दकुटी विहारमा आज ‘अस्थी धातु’ प्रदर्शन गरेको छ ।

प्रत्येक वर्ष बुद्धजयन्तीका दिन सर्वसाधारणको दर्शनका लागि ‘अस्थी धातु’ प्रदर्शन गर्ने प्रचलन छ । शाक्यमुनि गौतमबुद्धको अन्त्येष्टिका क्रममा रहेका अवशेषलाई ‘अस्थी धातु’ भनिन्छ ।

बौद्ध धर्मावलम्बीले सो धातुलाई पवित्र वस्तुका रुपमा सम्मान गर्ने गर्दछन् । वर्षमा एक पटक मात्र देखाइने हुँदा ‘अस्थी धातु’ दर्शनका लागि सर्वसाधारणको विशेष घुइँचो लाग्ने गरिन्छ । समितिका संयोजक एवम् विहारका प्रमुख भिक्षु धर्ममूर्तिले दर्शनका लागि आउने भक्तजनको सुविधाका लागि साँझसम्म नै दर्शनको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

सो धातुको प्रदर्शनबाट सङ्कलन हुने रकम विहारको जीर्णोद्धारका लागि खर्च गरिने छ । विसं २००१ मा श्रीलङ्काबाट भिक्षु नारद थेराको समूहले ‘अस्थी धातु’ नेपालमा ल्याई सो विहारलाई उपहार प्रदान गरेको थियो ।

यसैबीच चाबहिलस्थित ऐतिहासिक चारुमती विहारमा विशेष बुद्ध पूजा सम्पन्न भएको छ । करिब दुई हजार ३०० वर्ष अगाडि सम्राट अशोकका छोरी सो स्थानमा आएर विहार निर्माण गरिएको बताइएको छ ।

चारुमती बुद्धिस्ट मिसनका अध्यक्ष भिक्षु तपस्सी धम्मले बुद्धले विश्वका मानवका लागि दिएको शान्ति तथा अहिंसाको सन्देशलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । बुद्धजयन्तीको प्रवद्र्धन गर्नका लागि सो विहारले विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ