एमालेको जिल्ला कमिटी नै माओवादी केन्द्रमा प्रवेश

एमालेको जिल्ला कमिटी नै माओवादी केन्द्रमा प्रवेश

  • बुधबार, बैशाख २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

उदयपुर,२७ बैशाख ।

जिल्लामा पूरै कमिटी माओवादी केन्द्रमा प्रवेश गरेपछि गाउँमा एमालेको चुनावी गतिविधि सुनसान भएको छ । उदयपुरको बेलका नगरपालिका वडा नंं ६ (साविक कटुन्जे बबला) को एमालेको पूरै कमिटी माओवादी केन्द्रमा समाहित भएको थियो ।

एमाले नेता तथा पूर्व गाविस अध्यक्षसहित पूरै कमिटी माकेतिर लागेपछि गाउँमा एमालेको चुनावी चहलपहल शून्य भएको हो । एमालेका पूराना नेता जिल्ला कमिटी सदस्य रोहिनी राई, एमालेबाट २०५४ सालको स्थानीय निर्वाचनमा अध्यक्षमा विजयी जयकृष्ण राईलगायत दुई सय जनाले माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

चुनावी खम्बाले छोडेपछि गाउँमा एमालेको सिमित कार्यकर्ता बाहेक प्रचार प्रसार गरिदिने समेत कोही भएको बताइएको छ । पार्टी केन्द्रले राप्रपासँग गरेको चुनावी तालमेलबाट असन्तुष्टि जनाउँदै स्थानीय नेताहरु एमाले परित्याग गरेका हुन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ