किराती समुदायको उभौली पर्व आज

किराती समुदायको उभौली पर्व आज

  • बुधबार, बैशाख २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौँ, वैशाख २७।
किराती समुदायको महान् चाड ‘उभौली’ आज देखि सुरु भएको छ । दुई दर्जनभन्दा बढी भाषा बोल्ने किराती समुदायले यो चाडलाई आ–आफ्नै भाषाले सम्बोधन गर्छन् ।
वैशाखे पूर्णिमादेखि चाड सुरु भएपछि १५ दिनसम्म किराती समुदायले आ–आफ्नो घरको कुलपित्र गर्ने, आफन्तबीच शुभकामना आदान–प्रदान गर्ने तथा सामूहिक रूपमा भेला भएर आफ्नो मौलिक नाच नाच्दै चाड मनाउने गर्छन् ।

पूर्वी पहाडी भेगतिर सघन बसोवास भएका राई, लिम्बू, याक्खा र सुनुवार समुदायले आफूलाई किरातीका रूपमा मान्दै आएका छन् । जसअनुसार यो चाडलाई राईले साकेला, लिम्बूले चासोक तङनाम, याक्खाले चाछुवा र सुनुवारले फोल्याँदर भन्ने गर्छन् ।

उपत्यकाको ललितपुर, काठमाडौँ र भक्तपुरमा पनि सामूहिक रूपमा भेला भएर किरातीहरूले साकेला नाच्दै चाड मनाउँदै आएका छन् । चाड सुरु भएको दिन ललितपुरको हात्तीवनमा रहेको सामूहिक माङखिम (मन्दिर)मा पूजा गरेपछि साकेला सुरु गरिन्छ ।

किरातीहरूले बालिनाली लगाउने र उठाउने समयलाई उभौली र उधौलीको चाडका रूपमा मनाउने गर्छन् । वर्षायाम लागेपछि मौसम न्यानो हुने भएकाले सम्पूर्ण जीवजन्तु तथा चराचुरुङ्गी क्रमशः बेँसीबाट लेकतिर सर्ने तथा रूखबिरुवामा पनि पुरानो पात झरेर नयाँ पात पलाउने हुनाले यसलाई उभौली यामका रूपमा लिइन्छ ।

आफ्नो सघन बसोवास भएको क्षेत्रतिर वैशाखे पूर्णिमा सुरु हुनुभन्दा १५ दिनअघि र सुरु भएको १५ दिन पछिसम्म एक महिना यो चाड मनाउने गरिन्छ ।

यसैबीच, यो चाडका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली किरात धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा ‘सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधताबीच अनुपम एकता रहेको हाम्रो देश नेपालको मौलिक संस्कृति सहितको एक प्रमुख समुदाय किरातहरूको उभौली पर्वले ‘नेपालीबीच आपसी सद्भाव र सहिष्णुता कायम गर्दै सामाजिक एकता, शान्ति र मेलमिलापको वातावरण अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्ने’ उल्लेख गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ