सूचना विभागको प्रेसपासकै आधारमा समाचार सङ्कलन गर्न पाइने

सूचना विभागको प्रेसपासकै आधारमा समाचार सङ्कलन गर्न पाइने

  • मङ्लबार, बैशाख २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौँ, २६ वैशाख । निर्वाचन आयोगले आमसञ्चाम माध्यममा कार्यरत पत्रकारलाई सूचना विभागबाट उपलब्ध गराइएको प्रेसपासका आधारमा स्थानीय तह निर्वाचनको मतदान तथा मतगणनाको समाचार सङ्कलन गर्न पाउने व्यवस्था गरेको छ ।

आयोगले स्थानीय तहको निर्वाचनका लागि बेग्लैखालको विशेष पासको व्यवस्था नगरी सञ्चारकर्मीको सूचना विभागबाट उपलब्ध परिचयपत्रका आधारमा समाचार सङ्कलन गर्ने व्यवस्था गरिएको आयोगाका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

आयोगले सबै समाचार माध्यमका पत्रकार र फोटो पत्रकारले सूचना विभागबाट प्राप्त परिचयपत्रका आधारमा मतदान तथा मतगणना केन्द्रको समाचार सङ्कलन गर्न सकिने व्यवस्था रहेको हो ।

स्थानीय तहको मतदान र मतगणनाका दिन सम्बन्धित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत र मतगणना अधिकृतको अनुमतिका आधारमा मात्र सम्बन्धित केन्द्रको समाचार सङ्कलन, छायाङ्कन र तस्बिर लिन सकिने व्यवस्थासमेत रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ