जहाँ भेटेपनि पक्राउ गर्नु विप्लबका कार्यकर्ता : गृहमन्त्रालय

जहाँ भेटेपनि पक्राउ गर्नु विप्लबका कार्यकर्ता : गृहमन्त्रालय

  • मङ्लबार, बैशाख २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाण्डौ ,२६ बैशाख ।

गृह मन्त्रालयले नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले निर्वाचन बिथोल्ने गतिविधि बढाएको भन्दै तिनलाई तत्काल पक्राउ गरी सार्वजनिक मुद्दा चलाउन सुरक्षा निकायलाई सर्कुलर गरेको छ ।

निर्वाचन बिथोल्ने उद्देश्यले कम्युनिष्ट पार्टीका कार्यकर्ताले उच्छृंखल र आपराधिक गतिविधि बढाएको भन्दै गृह मन्त्रालयले विप्लवका कार्यकर्ता खोजी गरी पक्राउ गर्न सुरक्षा निकायलाई सर्कुलर गरेको हो ।

गृहले आगामी आइतबार ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लामा हुने स्थानीय तह निर्वाचन बिथोल्ने तयारी गरेको भन्दै विप्लवका कार्यकर्ता पहिचान गरी पक्राउ गर्न सुरक्षा निकायलाई दिर्नेशन दिएको छ ।

गृह मन्त्रालयको तथ्यांकअनुसार विभिन्न जिल्ला प्रशासन कार्यालयले सोमबारसम्ममा निर्वाचन बिथोल्ने अभियानमा लागेका १ सय ८ जनालाई सार्वजनिक मुद्दा चलाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले निर्वाचन बिथोल्ने अभियानमा लागेका विप्लवका कार्यकर्तामाथि कडा निगरानी गरिएको बताउनुभयो ।

निर्वाचन बिथोल्ने जोकोहीमाथि सार्वजनिक मुद्दा लगाउँने भन्दै उहाँले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई विप्लवका कार्यकर्ता पहिचान गरी तत्काल पक्राउ गर्न गृह मन्त्रालयले सुरक्षा निकायलाई निर्देशन दिइसकेको बताउनु भयो ।

साथै उम्मेदवार र मतदाताको पूर्ण सुरक्षा व्यवस्था मिलाएको पनि जानकारी दिनुभयो । गृह मन्त्रालयले म्यादी प्रहरीमा विप्लवका कार्यकर्ताको घुसपैठ भएको हुनसक्ने भन्दै चनाखो रहन सुरक्षा निकायलाई सचेत गराएको छ ।

उता काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले विप्लवका कार्यकर्तामाथि सूक्ष्म निगरानी बढाइएको बताउनुभयो । काठमाडौंमा रहेका विप्लवका सक्रिय कार्यकर्ताको सबै सूचना हामीसँग छ’, एसएसपी जोशीले भन्नुभयो, ’उनीहरू हाम्रो निगरानीमा छन् । आवश्यक परे तत्काल पक्राउ गर्छौं ।’

प्रहरीले प्रत्येक नगरपालिका र गाउँपालिकामा कम्युनिष्ट पार्टीका कार्यकर्ताको पहिचान गर्न ठूलो संख्यामा सादा पोसाकका प्रहरी खटाएको छ । प्रहरीले निर्वाचन मितिअघि नै विप्लवका कार्यकर्ता रहेको सम्भावित स्थान पहिचान गरी पक्राउ गर्ने रणनीति लिएको छ ।

कम्युनिष्ट पार्टीका कार्यकर्ताको निर्वाचनविरोधी गतिविधि प्रमुख सुरक्षा चुनौती रहेको ठर्हयाउदै प्रहरीले प्रत्येक निर्वाचन हुने स्थानमा विप्लवका कार्यकर्ताको पहिचान गर्न सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरेको छ ।

गृहमन्त्री विमलेन्द्र निधिले केही साताअघि काभ्रेको धुलिखेलमा भएको सुरक्षा बैठकमा विप्लवका कार्यकर्ताले निर्वाचन बिथोल्ने योजना बनाएकाले तिनलाई पहिचान गरी पक्राउ गर्न प्रहरीलाई निर्देशन दिनुभएको थियो ।-अन्नपुर्ण पोष्टबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ