काठमाण्डौ ,२६ बैशाख ।
मुलुककै सवैभन्दा पुरानो वीर अस्पतालमा आजदेखी निस्शुल्क मिर्गौला प्रत्यारोपण सेवा शुरु भएको छ ।
सरकारको पूर्वघोषित निर्णयअनुसार वीर अस्पतालले आज सिन्धुपाल्चोककी रश्मिला श्रेष्ठको निशुल्क मिर्गौला प्रत्यारोपण गरी सेवा शुरु गरेको हो ।
२७ वर्षीया रश्मिलालाई उनकै दिदी लक्ष्मी श्रेष्ठले मिर्गौला प्रत्यारोपण गरेको अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
मिर्गौला प्रत्यारोपणसम्बन्धी निर्देसशका २०७४ अनुसार अस्पतालले मृगौला प्रत्यारोपण सेवा निशुल्क शुरु गरेको हो ।
निर्देशिका अनुसार, एउटा बिरामीको मिर्गौला प्रत्यारोपण गर्दा स्वास्थ्य मन्त्रालयले अस्पताललाई चार लाख रुपैयाँ र बिरामीलाई डेढ लाख रुपैयाँ उपलब्ध गराउने छ ।
मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरबाट शुरु भएको सेवा अहिले मुलुकका बिभिन्न अस्पतालबाट उपलब्ध छ ।