काठमाडौं , २६ बैशाख । ओसिया हर्बल्सले नेपाली बजारमा आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको छ । ओसिया विश्व बजारमा छाला र ब्युटीसम्बन्धी उच्च गुणस्तरीय प्रोडक्टको लागि चर्चित नाम हो । यस कम्पनीका प्रबन्धक निर्देशक दिलीप कुण्डलीयाले वैशाख २२ र २३ गते होटेल प्लाटिनम काठमाडौंमा देशभरका डिलर, सौन्दर्यविद्, रिटेलर सलाई सम्बोधन गर्नुभएको थियो ।
उक्त अवसरमा कम्पनीले नेपाली बजार र नेपाली महिलाको छालालाई विशेष ध्यानमा राखी विभिन्न नयाँ रेन्जका प्रोडक्ट सार्वजनिक गरेको हो । ओसिया हर्बलका उच्च गुणस्तरीय प्रोडक्टमा हिना हेयरप्याक, ओसिया हेयर भर्टिलाइजर, फाइटोस्लिम, पपया फेसवास बजारमा उपलब्ध छन् । ब्युटीसम्बन्धी उच्च गुणस्तरीय ओसिया हर्बलका प्रोडक्ट्स चाँडै नै बजारमा ल्याउने नेपालका नेसनल सेभ्स म्यानेजर सरोज चौधरीले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline