माओवादी सचेतक र एमाले उम्मेदवारसँग २४ घण्टे स्पष्टीकरण माग

माओवादी सचेतक र एमाले उम्मेदवारसँग २४ घण्टे स्पष्टीकरण माग

  • मङ्लबार, बैशाख २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं ,बैशाख २६।
निर्वाचन आयोगले धादिङको थाक्रे गाउँपालिका प्रमुख र उपप्रमुखका एमाले उम्मेदवारसँग २४ घण्टे स्पष्टीकरण मागेको छ । यस्तै निर्वाचन आयोगले माओवादी केन्द्रका सचेतक सीता नेपालीलाई पनि २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

एमाले थाक्रे गाउँपालिका प्रमुखका उम्मेदवार रामकुमार आचार्य र उपप्रमुखकी उम्मेदवार अम्बिका रुपाखेतीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले स्पष्टीकरण मागेको हो ।

उनीहरुले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको पुष्टि भएकाले आयोगले २४ घण्टाभित्र स्पष्टीकरण माग गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव नेतृत्वको सुक्ष्म अनुगमन टोलीले एमालेका उम्मेदवारले आचारसंहिता विपरितको काम गरेको भेटेको आयोगले जनाएको छ ।

उनीहरुले बैशाख २५ गते तीन ट्रक कार्यकर्तासहित, स्कारपियो गाडी, ब्यानर, दल, निर्वाचन चिह्न तथा टि(सर्ट सहित मोटर साइकर्ल याली निकालेको आयोगले जनाएको छ । निर्वाचन आयोगले गाउँपालिका प्रमुख र उपप्रमुखको उम्मेदवारले एउटा गाडी र दुई वटामात्र मोटरसाइकल प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ ।

माओवादी केन्द्रकी सचेतक सीता नेपालीले आयोगका प्रवक्ताका अनुसार भन्दै अहिलेसम्म निर्विरोध सदस्यमध्ये माओवादी केन्द्रले १४५ पदमा, कांग्रेसले १३५ पदमा र एमालेले २५ पदमा विजयी भएको भन्दै स्टाटस लेखेको भन्दै स्पष्टिकरण सोधेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ