एमालेको चुनावी सभामा काग्रेस कार्यकर्ताको आक्रमण , ४ घाईते

एमालेको चुनावी सभामा काग्रेस कार्यकर्ताको आक्रमण , ४ घाईते

  • सोमवार, बैशाख २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

स्याङजा , २५ वैशाख ।

एमालेको चुनावी सभामा कांग्रेस कार्यकताले आक्रमण गर्दा एमाले वडाध्यक्षका उम्मेद्वारसहित ४ जना घाईते भएका छन् ।

स्याङ्जाको चापाकोट नगरपालिका ६ स्थित धारापानीमा आयोजित चुनावी सभामा आक्रमण हुदा एमाले उम्मेदवार डिल्लीराम खनाल, सुनबहादुर थापा, पदम बिक र बेलबहादुर बिक घाईते भएका हुन् ।

चुनावी घरदैलो अभियानका क्रममा धारापानी पुगेको एमाले नेता किशोर विक्रम मल्ल, शोभियत ढकाल, रामचन्द्र भट्टराई र नगरप्रमुखका उम्मेदवार बुद्धिमान श्रेष्ठ चढेको गाडिमा कांग्रेस कार्यकर्ताले आक्रमण गरेका थिए ।

इलाका प्रहरी कार्यालय रत्नपुरकाअनुसार, सो क्षेत्रमा सुरक्षा मजबुद नभएको र स्थानीयको घरमा एमालेले सम्पर्क कार्यालय राखेको बिषयमा विवाद हुदै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ