‘वान बेल्ट वान रोड’ परियोजनामा हस्ताक्षर गर्ने सरकारको निर्णय

‘वान बेल्ट वान रोड’ परियोजनामा हस्ताक्षर गर्ने सरकारको निर्णय

  • सोमवार, बैशाख २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाण्डौ, २५ वैशाख ।

सरकारले छिमेकी मुलुक चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ परियोजनामा हस्ताक्षर गर्ने भएको छ ।

मन्त्रिपरिषद््को आज बसेको बैठकले चीन सरकारले अघि सारेको सडक परियोजनामा हस्ताक्षर गर्नेे निर्णय गरेको हो । त्यसका लागि आगामी बैशाख २९ गते उपप्रधान एवं अर्थमन्त्री कृष्ण बहादुर महरा नेतृत्वको टोलीलाई चीन पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

उक्त सडक परियोजनाले चीनबाट नेपाल, भारत हुँदै यूरोप जोड्नेछ ।

बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको आगामी शुक्रबारदेखि हुने थाइल्याण्ड र श्रीलंकाको राजकीय भ्रमणको तालिका पनि स्वीकृत गरेको छ ।

यस्तै मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाको चारै सुरमा नयाँ व्यवस्थित सहर निर्माण गर्ने पनि निर्णय गरेको छ ।

उपत्यकामा भएको बढ्दो चाप घटाई व्यवस्थित वसोबासका लागि नयाँ सहर निर्माणको निर्णय गरिएको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ