निर्वाचनको मुखमा बम प्रहार तथा आगजनिका घटना बढे

निर्वाचनको मुखमा बम प्रहार तथा आगजनिका घटना बढे

  • सोमवार, बैशाख २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ ,२५ बैशाख ।

आगामि स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा मुलुकका बिभिन्न स्थानमा आगजनि , तोडफोड तथा बम प्रहारका घटनाहरु बढ्न थालेका छन् ।

बैशाख ३१ मा तय भएको निर्वाचनलाई लक्षति गर्दै अज्ञात समुहले सवारी साधनमाथि आगजनी ,पेट्रोल बम प्रहार लगायतका घटना बढ्दै गएको हो । यस्तै बिभिन्न स्थानमा सकेट बम समेत फेला परेको छ ।

यसै क्रममा आज बिहान शिवपुरी ड्रिङ्किङ वाटर इन्डस्ट्रीमा पेट्रोल बम प्रहार भएको छ । माक्स लगाएर आएका पाँचजनाको समूहले कम्पनीका पालेलाई नियन्त्रणमा लिई अन्धाधुन्ध पेट्रोल बम प्रहार गरेको कम्पनीका सञ्चालक रमेश महतले जानकारी दिनुभयो ।

बम प्रहारबाट कम्पनीभित्र राखिएको बा६च ११७२ नंको कार र बा ५१ प ८५१३ नंको मोटरसाइकल पूर्ण क्षति भएको छ । त्यस्तै बा२६प ८५१३ को मोटरसाइकलमा आंशिक क्षति पुगेको छ ।

नेपाली काग्रेसका नेता समेत रहनुभएका महतले निर्वाचनका समयमा राजनीतिक प्रतिशोध राखेर आफ्नो कम्पनीमाथि आक्रमण भएको आरोप लगानउनुभयो । प्रहरीले उक्त कम्पनीमा भएको क्षतिको विवरण तथा आक्रमणकारीको खोजी अगाडि बढाएको छ ।

यस्तै आजै तनहुँको घिरिङ्ग गाउँपालिकाले भाडामा प्रयोग गर्दै आएको जीपमा अज्ञात समूहले आगजनी गरेका छन् ।

मानपुरमा गाउँपालिकाका कार्यकारी अधिकृत नरहरी सापकोटाको निवास अगाडि रोकिराखेको जीपमा बिहान ३ बजे अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गाउँपालिकाले भाडामा प्रयोग गर्दै आइरहेको बा १५ च ६६०४ नम्बरको स्कोरपियोमा आगजनी भएको हो । आगजनीबाट जीपको बायाँ पट्टीको पछिल्लो टायरको भागमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशीले बताउनुभयो ।

यसैबीच , गोरखामा आज बिहान एक बोरा सकेट बम फेला परेको छ । सुलिकोट गाउँपालिका–३ स्वारांथलामा पर्ने जंगलमा आज ढुंगाको ओडारमुनि राखिएको अवस्थामा एक बोरा सकेट बम फेला परेको प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिनुभयो।

ओडार मुनि बोरामा शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेलगत्तै पुगेको प्रहरीको टोलीले बम फेला पारेको उहाँले बताउनु भयो । सकेट बम फेला परेकोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ