सभामुख घर्ती र आइपियु अध्यक्षबीच भेटवार्ता

सभामुख घर्ती र आइपियु अध्यक्षबीच भेटवार्ता

  • सोमवार, बैशाख २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ, २५ वैशाख ।
सभामुख ओनसरी घर्ती र अन्तरव्यवस्थापिका सङ्घ (आइपियु)का अध्यक्ष तथा बङ्गलादेशका सांसद सबेर होसाइन चौधरीबीच भेटवार्ता भएको छ ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा आज भएको भेटवार्तामा दुईपक्षीय चासो र हितका विषयमा उहाँहरुबीच कुराकानी भएको थियो ।

नेपालको व्यवस्थापिका–संसद्मा भइरहेका काम र समसामयिक अवस्थावारे आइपियुका अध्यक्षले सभामुख घर्तीसँग चासो व्यक्त गर्नुभएको उहाँका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो ।

विश्वका केही देशमा संसद्लाई असजिलो पार्नेगरी काम भइरहेको उल्लेख गर्दै ती देशमा छिट्टै आइपियुले अध्ययन गरेर समस्या समाधानको पहल गर्ने बताउनुभयो ।

संसद्लाई अप्ठ्यारो पार्ने अवस्था सिर्जना भएमा आइपियु सधैँ संसद्को पक्षमा उभिने चौधरीले बताउनुभयो ।

सभामुख ओनसरी घर्तीले नेपालको समसामयिक अवस्थाबारे जानकारी गराउँदै केही दिनभित्रै स्थानीय तहको चुनाव हुन गइरहेको र यो चुनाव संविधान कार्यान्वयनका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले बङ्गलादेश र नेपालको संसद् र सांसदबीचको सम्बन्ध अझ बलियो र बाक्लो बनाउनुपर्ने धारणा राख्दै बङ्गलादेशका सभामुखलाई नेपाल भ्रमणको निम्तोसमेत दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ