नवलपरासी, बैशाख २५ ।
नवलपरासी जिल्लाको रामग्राम नगरपालिका–१० मन्झरियामा सवारी दुर्घटना हुँदा एकजना म्यादी प्रहरीको मृत्यु भएको छ ।
गएराति भएको उक्त दुर्घटनामा परी घाइते भएका रामग्राम नगरपालिका–१२ निवासी २५ वर्षीय राजसिंह चौधरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
नवलपरासीबाट भैरहवातर्फ जाँदै गरेको लु२५प ५७७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिएर दुर्घटना भएको जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline