गोरखा , २५ बैशाख ।
गोरखामा आज बिहान एक बोरा सकेट बम फेला परेको छ ।
सुलिकोट गाउँपालिका–३ स्वारांथलामा पर्ने जंगलमा आज ढुंगाको ओडारमुनि राखिएको अवस्थामा एक बोरा सकेट बम फेला परेको प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिनुभयो।
ओडार मुनि बोरामा शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेलगत्तै पुगेको प्रहरीको टोलीले बम फेला पारेको उहाँले बताउनु भयो ।
सकेट बम डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुग्दैछ । सकेट बम फेला परेकोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline