युवा र दिगो विकाश-सन्तोष भण्डारी

युवा र दिगो विकाश-सन्तोष भण्डारी

  • सोमवार, बैशाख २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

विगत दुइ महिनाको अवधिमा मैले फरक क्षेत्र का करिव १०० भन्दा धेरै ब्यक्तिहरु संग भेटघाट गरें र फरक सन्दर्भमा रहेर कुरा गर्ने मौका पनिमिल्यो । सबै संग रहेको चिन्ताको विषयलगभग एकै किसिमको पाइयो र धेरै बहस हुने मुद्दा पनि उस्तै उस्तै हँुदारहेछन् । देसका राष्ट्रिय स्तरका संचार माध्यमकान्तिपुर, नागरिक, रेडियो नेपाल, गोरखापत्रलगायतमा लेख्ने करिव ४० जनापत्रकार हरु सम्मेलित एक कार्यक्रममा सहभागीहुने मौका मिलेको थियो जहाँयुवाभन्नासाथै तपाइँको सोंचमा के कुरा आउछ ?भनेर सोधिएको प्रश्नमा ९० प्रतिसत सहभागीको मुख बाट “जोसजाँगर, फरक सोचाइ, आत्माबिस्वासी, सम्भाबना” जस्ता दमदार शब्दनिस्केका थिएअनियुवा को समस्या के होलाभनि सोधिएको अर्को प्रश्नमा“बेरोजगारी”भन्ने कुरा तिनै मुखहरु बाट निस्कियो, मैले याँहा केलाउनखोजेको कुरा के हो भने यती धेरै जोसजाँगर भएको जनसंख्यायुवा को समस्याचाहि बेरोजगारी किन?जोसिलो, परिश्रमि, स्मार्ट समुदाय त बेरोजगार हुँननपर्ने हैनर ?अनि फेरी जोसिलो समुदायले नै काम गरेन भने विकास कसरि सम्भब छ ? यो समस्या को जड के होला?आखिरी खाडल कहा छ ? यस्तै यस्तै कुरा को सेरोफेरोमा रहेर आफ्नाविचार हरु समेटेर लेख्न मन लाग्यो ।
युवा को कुरा गरिरहदाअल्बेर्ट आइन्स्टाइन ले भनेको कुरा सम्झिएँ, ध्भ अबललयत कयखिभ उचयदझिक दथ गकष्लन तजभ कबmभ पष्लम या तजष्लपष्लन धभ गकभम धजभल धभ अचभबतभम तजझ।यानकी“समस्याश्रीजनाभएको समयमागरिएको सोचाइ ले उक्त समस्या को समाधानगर्न सकिदैन”यसको मतलब के हो भने हरेक समस्या को समाधान फरक तरिका ले सोचिनु पर्छ र त्यो कुरा युवा बाट सम्भब छ । देशको राष्ट्रीय बहस को विषय बनेको युवाको मुद्दाका बारेमा छलफल चलिरहदायुवामा रहेको फरक क्षमता को विषयमागहन रुपले सोचिनु जरुरि छ किनभने हाम्रा देशकायुवामा रहेको क्षमतालाइप्रयोग गरेर अन्य देशहरुले राम्रो लाभलिइरहेका छन् । विश्वको ठुलो अर्थतन्त्रओगट्न सफलभएको आइटी मा नेपालियुवाहरुको पहुँच सन्तोषजनक नै रहेको छ, धेरै ठुला मल्टिनेसनलकम्पनिहरुमा नेपालियुवा हरु छन् यस लगायतअन्य धेरै क्षेत्रमापनि नेपालियुवाहरुको क्षमता र विवेकले ठुलै हिस्सा ओगटेको छ । यति धेरै क्षमतार सम्भावना रहदा रहदै पनिआखिरी किन यिनै युवा बेरोजगार ?
दैनिक रुपमाविभिन्नकिसिमका घटना हरु सुन्नमा आउछन चोरी डकैति, बलत्कार, हत्याहिँसा, तस्करी आदीइत्यादी र तेस्ताकार्यमा सहभागीप्रायजसो युवा नै हुन्छन । आखिरी युवाले किन तेस्ताकाम गरे ? के उनीहरुलाई बाध्यबनाइयो या उनीहरुलाई कामदिइयन? प्रस्न त धेरै छन् तर उत्तर कोहिसंग पनि छैन । मनोविज्ञानका विज्ञ हरु भन्छन यदिकुनै व्यक्तिलाइब्यस्त राख्न सकियो भने उसमा नराम्रा सोच हरु आउदैनन र व्यक्ति बाट हुने नकारात्मककार्य हरु नियन्त्रण गर्न सकिन्छ । अब प्रस्न आयो के हामी संग ब्यस्त रहने कुनै काम नै छैनन् त ? नेपाल त अथाहा सम्भावनाभएको देश हो भनेर विश्वो लाइथाहा छ फेरी नेपालमा जे गरेपनि सफल हुन्छ । कति राम्राराम्राउदाहरण हरु छन् जस्तै कृषि बाट अपार सफलताहासिल गरेका धनकुटाका कृष्ण राइ, विदेश बाट फर्किएर कति धेरै व्यक्तिहरुले उदाहरणिय काम गरेका छन् ।
माथिउल्लेखित सम्पूर्ण समस्याहरुको जड कहानिर रहेछ भनेर खोजिनभएकापनि हैनन् युवामन्त्रालय, युवा परिषद, विभिन्नयुवा का क्षेत्रमाकामगरिरहेका संघसंस्थाहरुले उल्लेख्य मात्रामाकामहरु गरिरहेका छन् । विभिन्न क्षेत्रबाट आएको निस्कर्ष लाइआधार मान्ने हो भने सम्पूर्ण समस्या को जड भनेको हरेक क्षेत्रमायुवाहरुको अर्थपूर्ण सहभागितानहुनु नै हो । युवा ले अपनत्वो महसुस गर्न नपाउनु नै हो । यसो भनिरहदा अब युवाहरुको सहभागितानहुनुमाकसलाई दोष दिने, सरकारलाइ, युवाआफैलाइ, राजनीतिलाई याकिहाम्रो प्रणालीलाइ ।
नयाँयुग को सुरुवातभनेको पूरानो सिकाइहरुलाई परिकृत गर्दै नविनकार्यको थालनी नै हो, विश्व को ध्यान सबैको साझाएजेन्डा बनेको दिगो विकाशलक्ष्यलाई सफलपार्नु हो यानकीगरिवी, भोकमरी, अशिक्षा, बेरोजगारी, भ्रस्टाचार लगायतका समस्या हरु हटाइ राम्रो समाज, देश विश्व को निर्माण गर्नु हो जसकालागि सबैले आफ्नो ठाउ बाट पहलगर्नु पर्ने कुरामाकुनै दुइमत छैन । माथिगुनासो गरेको युवाको कुरा लाइयाहाँल्याएर जोड्न मन लाग्यो यति ठुलो संसार परीवर्त गर्ने लक्ष्य सहित को साझाएजेन्डामा काम भैरहदाअवयुवालाइ यो परियोजना को कुनअंगमा राख्ने ?यदि फेरी पनिपहिलाकै जस्तो हेल्चेक्र्याई गरेर युवा ले उपक्युक्त रोल पाएनन् भने के यती ठुलो लक्ष्य सम्भबहोला? फेरी हामि सबैले सहस्र स्वीकार गरेको कुरा होकि युवाभनेको कुनै पनि परिवर्तनका संवाहकहुन् अनिआवस्यकजोसजागर, कार्यक्षमतायुवामा रहेको हुन्छ । दिगो विकाशकालक्ष्यहरुलाई चुम्नको लागियुवाहरुको भूमिकाअत्यन्तमहत्त्वपूर्ण हुन्छ, त्यसो भएदिगो विकाश के हो र कसरि आयो अनिदिगो विकाशमायुवाकिन र कुन स्थानमा रहेर रोल खेल्ने भन्ने बारेमा मैले बुझेको कुरा लेख्न मन लाग्यो ।
संसारका केहि तथ्यहरु लाइ केलाउदा
– विश्वमा आठ जनामध्ये १ जना चरम गरिवीको रेखामुनीभएको पाइन्छ ।
– करिव ८०० मिलियनजनाभोकमरि वाट गुज्रिएका छन् ।
– जम्माजन्मको एक चौथाई ५ वर्ष भन्दामुनिकाबच्चाको जन्मदर्ता नै छैन ।
– १.१ विलियनमानिस हरु विधुत को पहुँच बाट टाढा रहेका छन् ।
– २ विलियनमानिस हरु पानीको अत्यन्तअभावझेलिरहेका छन् ।
-५९ मिलियनप्राथमिकउमेरका केटाकेटी विद्यालयभन्दाबाहिर रहेका छन् ।

दिगो विकास लक्ष्य के हो र कसरि आयो ?
विश्वभरीका १८९ राष्ट्र लगायतअन्तर्रा्ष्ट्रिय संगठनका प्रतिनिधिहरूको उपस्थितिमा सन् २००० मा ८ वटा मूख्यलक्ष्यनिर्धारणगरी सन् २०१५ सम्ममा सहस्राब्दीविकास लक्ष्यहासिलगर्ने घोषणा गरेको थियो । जसमाव्यक्तिको स्वाभिमान, मानवअधिकार, स्वतन्त्रता, मानवताका साथै गरिबी, भोक अनि हिंसाबाट मुक्तजीवनको लागिविभिन्नतवरले कार्यक्रम हरु संचालनभए र अधिकार प्राप्तिकालागि धेरै कदमहरु चालिय ।सहस्राब्दीविकास लक्ष्यहाँसिलगर्न विभिन्न क्षेत्रबाट भरपुर प्रयासहरु भए ।नागरिक समाज, संघ संस्थाहरू, संयुक्त राष्ट्रसंघ, सरकारी निकायहरू, सरोकारवालानिकायलगाएत हरेक व्यक्तिहरू लागिपरे । सहस्राब्दीविकास लक्ष्यलाइ नेपालको सन्दर्भमा हेर्दा मातृस्वास्थ्य र गरिबीन्यूनीकरणका क्षेत्रमा राम्रै प्रगति गरेको पाइयो । उक्त सहस्राब्दीविकास लक्ष्य बाट भएकाउपलब्धिलाइआत्मासाथगर्दै नयाँकार्ययोजना सहितथप समावेशि ढङ्गले सन् २०१५ को सेप्टेम्बर महिनामाभएको संयुक्त राष्ट्रसंघको ऐतिहासिक राष्ट्रसंघीय साधारण सभाको शिखर सम्मेलनले जनवरी १, २०१६ देखि लागु हुने गरि २०३० सम्मको दिगो विकासका १७ वटा लक्ष्य र १६९ वटा उपलक्ष्यहरू सहितको संयुक्तएजेन्डा पारित गर्यो जसमा संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रहरु छन् ।दिगो विकाशलक्षलाइविभिन्नभाषाले चिनिन्छ जस्तै एजेन्डा २०३०, ग्लोवलगोल यानीकीविश्वलक्षआदि ।

दिगो विकाशलक्ष्यहासिलगर्न युवाकिन महत्वपूर्ण भूमिकामा रहने र युवाको भूमिका के हुने ?
फरक सोचाइ : दुइ मत नभएको कुरा हो युवाजहिले पनि फरक तरिकाले सोच्ने गर्छ र कार्य प्रतिजहिले पनिउत्तरदायीभएर लागि पर्छ जसको कारण कार्य हरु राम्रो ढंगले सम्पादनहुने गर्छ । युवा संग विद्यमान परिस्थितिलाइ केलाएर त्यसमा रहेका बाधा हरुसंग लड्ने क्षमता रहेको हुन्छ ।
परिवर्तनकारी : युवा परिवर्तनका सम्बाहकहुनजसले समय सापेक्ष अनुसार आफुलाई परिवर्तन गर्दै अरु युवाहरुलाई पनिउत्प्रेरणा जगाउने क्षमता राख्दछन ।
आविष्कारक : युवाआफैमाआविस्कारक हुन् जसले नयाँ कुरा जन्माउन सक्छन साथै आफुले भोगेका कुरा हरुलाई परिमार्जित गर्दै नयाँ ढंगले अगाडी बढ्ने गर्छन ।
संचारक : युवा संचार को क्षेत्रमा धेरै नै अगाडि रहेको हुन्छन जसका कारण सहि समयमाआफुले सहि सुचनापाएर अरुलाई पनि समयमै सुचनाप्रवाहगर्ने कार्यमा धेरै अगाडी हुन्छन त्यसको अलावायुवाहरुको बढ्दो सुचनाप्रविधिको पहुँचले गर्दा कार्यक्षमतापनि दोब्बर भएको पाइन्छ । २०१६ को फेसबुकको मात्र आँकडालाइ हेर्ने हो भने नेपालमाप्रतिमहिना ५–६ मिलीयन फेसबुकमा एक्टिभ देखिए जस मध्य १८–३४ उमेर समुहकाजम्मापुरुषमध्य ८४% पुरुष र जम्मामहिलामध्य ८९% महिलाथिय ।
अभिनेता : जवयुवा सशक्त हुन्छन उनीहरुले समाजको नेतृत्वबहनगर्न सक्छन
माथिकालगायतयावत कुरा हरु छन् जसका कारण युवाअबको नयाएजेन्डामा महत्वपूर्ण भूमिकामा रहनजरुरि छ । साँचो कुरा यो हो कि जहिले पनियुवा निर्णायकभूमिका बाट पन्छाइएको हुन्छन् र अर्थ पूर्ण सहभागिता को महसुस गर्न पाएको हुदैन जसका कारण युवामानिरासाजाग्ने गर्दछ । अबको भूमिकामायुवाले सिर्जनसिलभएर अर्थपूर्ण सहभागिताजनाउनु पर्छ । युवाको विज्ञता अनुसारको भूमिका खेल्यो भने पक्कै पनिअवको दिगो विकास लक्ष्य ले राम्रो सफलता हासिल गर्न सक्छ ।

लेखक युवाकार्य नेपालका कार्यक्रम तथा सुचना प्रविधि अधिकृत हुन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी