अपाङ्ग हीरालालले मूर्ति बनाएरै तेइस जना पाल्दै

अपाङ्ग हीरालालले मूर्ति बनाएरै तेइस जना पाल्दै

  • सोमवार, बैशाख २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

डडेल्धुरा, बैशाख २५ ।
मूर्ति निर्माण गरी बेचेर २३ जनाको परिवारलाई लालनपालन गरिरहेको सुन्दा जो कोहीलाई पनि अचम्म लाग्न सक्छ । तर आफू अपाङ्ग भए पनि अपाङ्गता भएका मानिस पनि कसैभन्दा कम छैनन् भन्ने उदहारण दिएका छन् डडेल्धुरा जिल्ला आलिताल घरेलुका हीरालाल विश्वकर्माले ।

बोल्न नसक्ने हीरालालले एक दशकदेखि ढुङ्गे मूर्ति निर्माण गर्दै २३ जनाको आफ्नो परिवार पालिरहेका छन् । हीरालालले निर्माण गरेका मूर्तिले यस क्षेत्रमै चर्चा कमाएको स्थानीयको भनाइ रहेको छ । हीरालालले वर्षौंदेखि ढुङ्गे मूर्ति निर्माण गर्दै परिवारिक खर्च धान्दै आइरहेको घरेलुका समाज सेवी चन्द्रदेव बोहराले बताएका छन् ।

जन्मजात अपाङ्गता भएका उनले निर्माण गरेका ढुङ्गे मूर्ति बिक्री गरेर वार्षिक रु. एक लाखभन्दा बढी आम्दानी गर्न सफल भएको उनका परिवारले बताएका छन् ।

विभिन्न देवी देवता तथा अर्डरअनुसार मूर्तिको निर्माणबाट नै परिवारको पालनपोषण भइरहेको हीरालालका भाइ शेरबहादुर विश्वकर्माले बताए । दाइको मूर्तिकलाले नै हाम्रो पारिवारिक खर्च जुटिरहेको छ शेरबहादुरले भने ।

दाइले निर्माण गरेका देवी देवता तथा विभिन्न ऐतिहासिक मानिसका मूर्ति नेपालका विभिन्न स्थानमा पुगेको र धेरै ठाउँका मानिसले देवताका मूर्ति तथा सालिक निर्माण गर्न लगाएर लैजाने गरेको शेरबहादुरको भनाइ रहेको छ ।

एउटा मूर्तिलाई रु. २० देखि ६० हजारसम्ममा बेच्ने गरेका हीरालालको परिवारले बताएका छन् । वर्षौंदेखि विभिन्न किसिमका ढुङ्गे मूर्ति निर्माण गरेर नेपाल तथा भारतमा समेत बिक्री गरेको भए पनि सरकारले मूर्ति निर्माणका लागि आधुनिक सामग्रीका लागि कुनै चासो नदिएको उनका परिवारले गुनासो गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ