रोल्पामा कुटपिट गर्दै १२ बर्षिय बालकलाई प्रहरीले गर्यो गिरफ्तार ,चुनाव खारेज अभियानमा स्थानिय सक्रिय

रोल्पामा कुटपिट गर्दै १२ बर्षिय बालकलाई प्रहरीले गर्यो गिरफ्तार ,चुनाव खारेज अभियानमा स्थानिय सक्रिय

  • सोमवार, बैशाख २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

जन्मदेव जैसी/ लिवाङ, २५ बैशाख ।

नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनजागरण तथा प्रतिराेध अभियान अन्तर्गत राेल्पाकाे थवाङ, गाम, घर्तीगाउँ, माडीचाैरलगायत दर्जनाैं क्षेत्रमा अाइतबार घरदैलाे अभियान चलाइरहेकाे छ ।

अभियानमा स्थानीयहरुकाे सहभागिता उत्साहजनक देखिएकाे छ । “कथित स्थानीय चुनाव खारेज गराैं, शान्ति, समानता, स्वाधीनता र समृद्धिका लागि बैज्ञानिक समाजवाद स्थापना गराैं”भन्ने नारासहित जिल्ला स्तरीय नेता-कार्यकर्ताहरु यतिबेला गाउँ-गाउँमा सास्कृतिक टाेलीसहित अभियानमा खटेका छन् ।

ठाउँ- ठाउँ प्रहरीकाे अबराेधका बाबजुद पनि राेल्पालीहरु उत्साहपुर्वक चुनाव खारेज अभियानमा खटिएकाे जिल्ला सेक्रेटेरी जागृतिले बताए ।

अभियानमा राष्ट्रिय युवा जनस्वयंसेवककाे टाेली, जलजला र सामना सांस्कृतिक परिवारकाे टाेली पनि सम्मिलित छ ।

 

जनपक्षीय गीत र संगीतमार्फत चुनाव खारेजीका लागि जनकलाकारहरुले अपिल गरिरहेका छन् । जागृतिका अनुसार जिल्लाका सबै क्षेत्रमा २ दर्जनबढि टाेली खटिसकेकाे छ ।

सबै टाेली पालैपालाे माअाेवादी अान्दाेलनकाे केन्द्र मानिने थवाङमा सबै जनता सहभागी भएर घरदैलाे कार्यक्रम चलिरहेकाे छ ।

यसैबीच, अभियानकै क्रममा जलजला सांस्कृतिक परिपारका संयाेवक हिमाललाई नृत्य देखाइरहेका बेला गिरफ्तार गरेकाे छ। बालकलाकार १२ वर्षीय राम पुनलाई सांस्कृतिक कार्यक्रममा नाँचिरहेका बेला प्रहरीले कुटपिट गरि पक्राउ गरेकाे छ ।

राेल्पाकाे झैमाकसलाबासी पुन र हिमाललाई लिवाङस्थित जिल्ला प्रहरी कार्यालयकाे हिराशतमा राखिएकाे छ । सेक्रेटरी जागृतिले एक बिज्ञप्ति जारी गर्दै बालकलाई पक्राउ गर्ने प्रशासनकाे हर्कतले अाफै नाङ्गिएकाे भन्दै बालकलाकार र हिमाललाई तत्काल रिहा नगरे प्रतिराेध संघर्षलाई चर्काउने चेतावनी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ