एकीकृत शैक्षिक शिक्षाकाे अावश्यकता : भुसाल

एकीकृत शैक्षिक शिक्षाकाे अावश्यकता : भुसाल

  • आइतवार, बैशाख २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 17.3K
    SHARES

गंगा भण्डारी /गुल्मी 
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी अंचल संयाेजक प्रेमचन्द्र भुसालले अाजकाे वर्तमान शिक्षा प्राणालीमा उत्पादन मुलुक राष्ट्रिय स्वाधीनताकाे व्यवसाहिक शिक्षा प्राप्ति गर्न एकीकृत रुपमा शिक्षालाई रुपान्तरण गर्नु पर्ने जाेड दिएका छन्।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)गुल्मीले तम्घासमा अायाेजना गरेकाे एक अन्तक्रिर्या कार्यक्रममा उनले जाेड दिदै भने अाजकाे नेपालकाे शिक्षा गफाडिहरुकाे गफ गर्ने अड्डाकाे रुपमा परिणत भई अाज हामीलाई वैदेशिक देशकाे गुलामी गर्न जानू पर्ने बाध्यताकाे याे शिक्षा हामीलाई स्विकार्य छैन् ।
राष्ट्रिय स्वाधीनता सहितकाे प्राविधिक र व्यवसाहिक शिक्षा राष्ट्रकाे माटाेलाई रक्षा र विकास हुने खालको दिनु पर्ने साथै शिक्षा जस्तो संवेदनशील बिषयमा सरकारले पुर्ण रुपमा जिम्मेवारी लिई निशुल्क हुनुपर्नेमा जाेड दिए। साथै उक्त कार्यक्रममा पेश गरेको कार्यपत्रमा सुझाव दिदै जिल्ला शिक्षा अधिकारी मित्रमणि खनालले उत्पादन,पुजी र प्राविधिक शिक्षामा जाेड दिनुपर्ने बताए ।
यसका सबैको सहयोग हुनु पर्नेमा जाेड दिए । साथै उनलेे सबै भन्दा प्राविधिक,जनवादी शिक्षा र अामुल परिवर्तनका लडिएकाे र बलिदान गरिएको जिल्ला रुकुम,राेल्पामा अहिले वर्तमान शिक्षा प्राणालीमा सबै भन्दा विकृति ती ठाउँहरुमा देखिएको बताए । यस्तै रेसुङ्गा बहुमुखी क्याम्पसका बरिष्ठ सहायक प्रमुख गुणनिधि शर्माले शिक्षामा अामुल परिवर्तन ल्याउन हामीले चाहेका छाैं तर हामीले चाहादाचाहादै पनि राज्यको नितिगत समस्या कारण उक्त शिक्षा उपलब्ध गराउन नसक्नुमा हामी पनि दुखित छाैं सरकारले उपलब्ध गराउदै अाएकाे यस शिक्षा प्राणालीमा हामीहरु पुर्ण रुपमा असन्तुष्टि रहेकाे बताए ।
उक्त कार्यक्रममा संस्थागत विद्दालय अर्जुन अावासिय उच्च माविका प्राचार्य दान बहादुर केसि,रिर्डस बाेडिङ्ग स्कुलका साहायक प्रचार्य टीका भलामि,अार्दश विद्दाश्रमका प्रबन्धक निर्देशक राजु कुवर,रेसुङ्गा माविका सहायक प्रचार्य भागिरथ भण्डारी,विद्दालय निरिक्षक पिताम्बर पंन्थि,नेपाल शिक्षक संघका युवराज अर्याल,उच्च शिक्षा परिषद् एशाेसियसनकाे केन्द्रीय सदस्य केएन घिमिरे लगायतले अाअाफ्नाे धारणा राखेका थिए। उक्त कार्यक्रमका अध्यक्षता अखिल(क्रान्तिकारी)गुल्मीका अध्यक्ष मुक्ति गैरेले गरेका थिए भने संचालन जिल्ला सचिव शंकर कुवंरले गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी