काठमाणडाै, २४ बैशाख ।
पछिल्लाे राजनितिक अवस्था लगायतका बिषयमा अाज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानन्यायाधीश सुशीला कार्कीबीच छलफल भएकाे छ ।
अाज साझ झण्डै एक घण्टासम्म भएको भेटमा महाभियोगलगायत पछिल्लो राजनीतिक विकासक्रम र समसामयिक घटनाक्रममा बिषयमा छलफल भएको राष्ट्रपति भण्डारीका प्रेस सल्लाहाकार माधव शर्माले बताउनु भयाे ।
उहाँका अनुसार प्रधानन्यायधीश कार्की आगामी वैशाख २६ गते हुने कानुन दिवस कार्यक्रममा सर्वोच्चमा उपस्थितिका लागि निमन्त्रणा दिन शीतल निवास पुग्नु भएको हो। सोही क्रममा राष्ट्रपति र प्रधानन्यायाधीशबीच समसामयिक बिषयमा छलफल भएको शर्माको भनाइ छ।
गत आइतबार प्रधानन्यायाधीश कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव, महाअभियोग प्रस्ताव अगाडि नबढाउन सर्वोच्च अदालतले शुक्रबार दिएको आदेश र निलम्बनमा पर्नुभएकी प्रधानन्यायाधीश कार्की कामममा फर्किनु भएको लगायतका विषयामा गम्भीर छलफल भएको स्रोतको दाबी छ।
संसदमा महाभियोग लगाएपछि निलम्बनमा पर्नुभएकी प्रधानन्यायाधीश कार्की सर्वोच्च अदालतको अन्तरिम आदेशपछि आइतबारदेखि नियमित काममा फर्कनुभएको छ।